विकिलिक्सका संस्थापक असान्जमाथि जासुसीको आरोप | Khabarhub Khabarhub

विकिलिक्सका संस्थापक असान्जमाथि जासुसीको आरोप


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इक्वेडोरका राष्ट्रपति लेनिन मोरेनोले विकिलिक्सका संस्थापक जुलियन असान्जले बेलायतस्थित आफ्नो राजदूतावासमा बसेर जासुसीको प्रयास गरेको आरोप लगाउँदै उनको शरण फिर्ता लिइएको स्पष्ट पारेका छन् ।

बेलायतको द गार्जियन अखबारलाई दिएको अन्तरवार्ताका क्रममा मोरेनोले असान्जले बेलायतको राजधानी लण्डनमा रहेको आफ्नो मुलुकको दूतावासबाट जासुसी गर्ने प्रयास गरेको आरोप लगाएका हुन् ।

आफ्ना गोप्य दस्तावेज सार्वजनिक गरेको बदला लिन उनले असान्जको शरण फिर्ता लिएको भन्ने आरोप पनि अस्वीकार गरेका छन् । यसअघि विकिलिक्सले मोरेनोसँग सम्बन्धित दस्तावेजहरु सार्वजनिक गरेका थिए ।

यसैको बदला लिनका लागि इक्वेडोरका राष्ट्रपति निर्वाचित भएमा मोरेनोले असान्जको शरण फिर्ता लिने र प्रहरीलाई दूतावासभित्र प्रवेश दिएर असान्जलाई पक्राउ गर्न अनुमति दिनसक्ने आशंका उत्पन्न हुँदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इमेलमार्फत् द गार्जियनलाई दिएको भनिएको अन्तरवार्तामा मोरेनोले असान्जले आफ्नो दूतावासको प्रयोग गरी विश्वका विभिन्न मुलुकमा प्रजातन्त्रलाई असर पार्ने काम गरेकोमा पश्चाताप लागिरहेको टिप्पणी समेत गरेका छन् ।

गोप्य सरकारी दस्तावेजहरु सार्वजनिक गरेर तहल्का मच्चाएको विकिलिक्स नामक वेबसाइटका संस्थापक असान्जलाई गत साता प्रहरीले लण्डनस्थित इक्वेडोरको दूतावासबाटछ पक्राउ गरेको थियो ।

अमेरिकामा उनीमाथि गोप्य दस्तावेज सार्वजनिक गरेको विषयमा विभिन्न अभियोग लागेका छन् । असान्जका समर्थकहरुले भने उनलाई अमेरिका सुपुर्दगी गरिनसक्ने र त्यहाँ उनीमाथि शारीरिक तथा मानसिक यातना दिइनसक्ने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ७ : ४२ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म