नेपाली भू–उपग्रहको प्रक्षेपण नासाले प्रत्यक्ष प्रसारण गर्ने « Khabarhub

नेपाली भू–उपग्रहको प्रक्षेपण नासाले प्रत्यक्ष प्रसारण गर्ने


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको पहिलो भू-उपग्रह ‘नेपाली स्याट १’को प्रक्षेपण अमेरिकाको अन्तरिक्षसम्बन्धी निकाय नासाले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

बर्ड्स प्रोजेक्टमार्फत् प्रक्षेपण हुन लागेको ‘नेपाली स्याट १’ नामक भू-उपग्रह प्रक्षेपणको नासाले प्रत्यक्ष प्रसारण गर्न लागेको बर्ड्स परियोजनाले जनाएको हो ।

अमेरिकाको भर्जिनिया राज्यको वालोप्स फ्लाइट फेसिलिटीबाट हुने भू–उपग्रह प्रक्षेपणको नासाले आफ्नो वेबसाइटमार्फत् प्रत्यक्ष प्रसारण गर्नेछ ।

नेपालीसहित जापानी र श्रीलंकाली भूउपग्रह आगामी बिहीबार सबेरै २ बजेर ३१ मिनेटमा अन्तरिक्षतर्फ प्रक्षेपण हुने जनाइएको छ । नेपाली भू–उपग्रह नर्थट्रोप ग्रुमान सिग्नस नामक अन्तरिक्ष यानमार्फत् प्रक्षेपण हुन लागेको हो । उक्त मालवाहक यानमा नेपाली भू–उपग्रह राखेर प्रक्षेपण गरिनेछ ।

नेपाली भू-उपग्रह केबल १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो हुनका साथै १.३३ किलोग्राम वजनको रहेको बताइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ९ : ०१ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५

रवीन्द्र ढाट र कासिबको भिडन्त सुरू

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गतको सेमिफाइनल भिडिन्तमा

रसुवा बाढी प्रभावितका लागि काठमाडौंमा राहत संकलन (तस्बिरहरू) 

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौंमा सर्वसाधारणले

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको