२३ औ पटक सगरमाथा चढेर कामीरिताले बनाए नयाँ कीर्तिमान « Khabarhub

२३ औ पटक सगरमाथा चढेर कामीरिताले बनाए नयाँ कीर्तिमान


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–हिमाल आरोही कामीरिता शेर्पाले २३ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । यो आरोहणसँगै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने व्यक्तिको कीर्तिमान पनि उनैले बनाएका छन् । कामीरिता आज (बुधबार) बिहान ७ बजेर ५० मिनेटमा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए ।

यसअघि पनि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने व्यक्तिको सूचीमा उनकै नाम थियो । यो पटक आरोहणको संख्या बढाउँदै कीर्तिमानमा आफ्नै नाम थपेका हुन् ।

सोलुखुम्बुको थामे गाउँका उनले सन् १९९४ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । सगरमाथा आरोहणमा नयाँ कीर्तिमान राख्ने अठोटका साथ उनले त्यसपछि लगातार आफ्नो आरोहण क्रमलाई अघि बढाए । पछिल्लो समय आफ्नै नाममा रहेको कीर्तिमानलाई तोड्दै उनले नयाँ कीर्तिमान बताए ।

उनी केहि विदेशी आरोहीको हाई अल्टीच्युट गाइटका रुपमा सगरमाथा गएका थिए ।

नेपाली आरोही को-कतिपटक सगरमाथा चढे 

त्यस्तै ङिमा नुरु शेर्पाले २१ औं पटक सगरमाथा आरोहण गरेका छन् । आप्पा शेर्पा, फुर्वातासी शेर्पा पनि २१/२१ पटक सगरमाथाको आरोहण गरिसकेका छन् ।

आङदोर्जी शेर्पा, छेवाङ निमा शेर्पा, मिङ्मा शेर्पाले १९/१९ पटक सगरमाथाको आरोहण गरेका छन् भने लाक्पा रिता शेर्पाले १७ पटक तथा निमा गोम्बु शेर्पाले १६ पटक सगरमाथाको आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ९ : १७ बजे

ध्वनि प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि

कांग्रेसबाट स्वर्णिमले खोसेको तनहुँ-१ मा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनमा हुने निर्वाचन नजिकिँदै गर्दा झापा- ५, सर्लाही-

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड : पहिरो रोकथाम योजना सुरु

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी

नवलपुर-२ : कांग्रेसबाट विरासत फिर्ता ल्याउने एमालेको दाउ, रास्वपाले पनि दिँदैछ टक्कर

काठमाडौं- तीन दशकयता नवलपुर– २ को चुनावी इतिहास हेर्दा नेकपा

बेथानचोक गजराम पर्वतबाट देखिएको सूर्योदयको दृश्य (तस्बिरहरू)

काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका– ३ र ५ को सिमानामा अवस्थित