उत्तर कोरियाली अवैध गतिविधि रोक्न अमेरिकाको ध्यानाकर्षण « Khabarhub

उत्तर कोरियाली अवैध गतिविधि रोक्न अमेरिकाको ध्यानाकर्षण


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा उत्तरकोरियाको अवैध गतिविधि बढेको भन्दै यसलाई तत्काल रोक्न अमेरिकाले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

अमेरिकी दक्षिण एसिया तथा मध्य एसिया मामिलाका कार्यवहाक उपसहायक मन्त्री डेभिड जे रेन्जले बुधबार गृहमन्त्री रामबहादुर थापासँग भेटगरी उत्तरकोरियाली अवैध गतिविधि रोक्न नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अमेरिकी विदेशमन्त्री माइक पम्पेवले उत्तरकोरियाली अवैध गतिविधिबारे प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको समेत ध्यानाकर्षण गराउँदा पनि नेपालमा उत्तरकोरियाली अवैध गतिविधी नरोकिएकोमा अमेरिकी उपसहायक मन्त्री रेन्जले चासो राखेका थिए ।

यस अघि नेपालस्थित अमेरिकी दूतावासले उत्तरकोरियामाथिको नाकाबन्दी कार्यान्वयन गर्न र नेपालमा अवैध गतिविधी हुन नदिन दुईपटक परराष्ट्र मन्त्रालयमा औपचारिक पत्राचार समेत गरेको थियो । पत्रका उत्तर कोरियाले नेपालबाट गरिरहेको अवैध गतिविधीको सूची र त्यसमा संलग्न व्यक्तिहरुको नामावलीसमेत रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपालमा बसेर उत्तर कारियालीहरुले ह्याकिङ अड्डा चलाएको विषयमा यस अघि खबरहबको अनुसन्धानमुलक रिपोर्टले खुलासा गरेको थियो ।

गृहमन्त्रीसँगको भेटमा उपसहायकमन्त्री रेन्जले अमेरिका र नेपालबीच लामो समयदेखि रहेको सम्बन्ध थप मजबुत बनाउने विषयमा मन्त्री थापासँग कुरा गरेका थिए ।

भेटमा उपसहायक मन्त्री रेन्जले प्रतिआतंकवादमा अमेरिकी सहायता रहने भन्दै अमेरिका नेपाली सुरक्षाकर्मीको क्षमता अभिवृद्धीमा सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए ।

गृहमन्त्री थापासँगको भेटमा अमेरिकी उपसहायक मन्त्री रेन्जले  आतंकवाद संसारभर खतरा रहेको र अमेरिकाले  आतंकवादसँग जुध्न र आतंकवादी खतरालाई निस्तेज पार्न नेपाललाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

श्रीलंका घटनापछि दक्षिण एसियाली क्षेत्रका सबै देश सचेत हुनुपर्ने भन्दै उनले आतंकवादको खतरालाई नेपालले पनि बेवास्ता गर्न नहुने बताए । उनले अमेरिका नेपालको असल मित्र रहेको र सधै सहयोगका लागि तयार रहेको समेत गृहमन्त्रीसँगको भेटमा बताए ।

यो पनि पढ्नुहोस्,

नेपालमा बसेर संसारभर निशाना बनाउँदै उत्तर कोरियाली ह्याकर

नेपालमा उत्तर कोरियाली ह्याकरको गतिविधिप्रति अमेरिकाको ध्यानाकर्षण

नेपालस्थित उत्तर कोरियाली दूतावासलाई सवारी बिक्रीमा रोक, राजदूतकै कार खरिद रोकियो

 

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ११ : ४० बजे

स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्बभन्दा बढी दाबी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२-८३ मा अघिल्लो आर्थिक

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बाजुराको बडिमालिका

नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद रानामगर

भद्रपुर– गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम – मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

ककरोच पार्टीको आन्दोलनमा बलिउड : सलमानदेखि प्रीति जिन्टासम्म कसले के भने ?

भारतमा पछिल्ला केही सातादेखि चर्चाको केन्द्रमा रहेको ककरोच जनता पार्टीको