‘वीर विक्रम २’ मा बाघबहादुर बनेका बुद्धि भन्छन्- यो चरित्र गर्दा ‘रिस्क’ थियो « Khabarhub

‘वीर विक्रम २’ मा बाघबहादुर बनेका बुद्धि भन्छन्- यो चरित्र गर्दा ‘रिस्क’ थियो


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो शुक्रवार अर्थात् जेठ ३ गतेबाट फिल्म ‘वीर विक्रम २’ प्रदर्शनमा आउँदैछ । चलचित्रमा पल शाह, नाजिर हुसेन र वर्षा शिवाकोटीको शीर्ष भूमिका छ । यस्तै यो फिल्मको निर्देशन मिलन चाम्सले गरेका हुन् । फिल्ममा फरक भूमिकामा कलाकार बुद्धि तामाङको अभिनय देख्न सकिनेछ । यो फिल्ममा उनी नकारात्मक भूमिकामा छन् । उनले ‘वीर विक्रम २’ मा बाघबहादुरको भूमिका निभाएका छन् ।

मंगलबार राजधानीमा अकस्मात् भेटिएका बुद्धिले रिलिजको क्रममा रहेको फिल्म ‘वीर विक्रम २’ को भूमिकाका बारेमा खुलाए । उनले निर्देशक मिलन चाम्सबाट फिल्मको अफर आउँदो आफू बढी उत्साहित भएको पनि बताए । ‘यो फिल्ममा मेरो अरु फिल्मको भन्दा फरक भूमिका थियो, त्यसैले पनि म उत्साहित थिएँ,’ बुद्धिले खबरहबलाई सुनाए ।

उनले यो भूमिकामा अभिनय गर्न आफूलाई लोभ लागे पनि फरक भूमिकामा अभिनय गर्नुपर्दा थोरै डर पनि भएको उनले बताए । कमेडी क्यारेक्टरबाट नकारात्मक भूमिकामा अभिनय गर्दा आफूलाई अभिनय गर्न सक्दिन कि भन्ने लागेको उनले बताए ।

‘काम गर्दा मलाई डर पनि थियो, किनकि जुन क्यारेक्टरको प्रस्ताव आएको थियो, त्यो क्यारेक्टरमा मैले भेउ नपाउने हुँ कि भन्ने लागेको थियो, तर निरन्तर गरिरहेका फिल्मभन्दा फरक भूमिकामा अभिनय गर्दा रमाइलो पनि लागिरहेको थियो,’ उनले सुनाए ।

साथै उनले यो फिल्म पूर्णतः मनोरञ्जनको प्याकेज भएको पनि बताए । चलचित्रमा उनले खलनायकको भूमिका निभाएको र दुई अति मिल्ने साथीको बीचमा भिलेन बनेर आउने चरित्रमा अभिनय गरेको बताए ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ११ : २० बजे

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित