तीनवटा विधेयक फिर्ता लिन सरकारलाई कांग्रेसको चेतावनी, जबरजस्ती गरे शक्ति प्रदर्शन « Khabarhub

तीनवटा विधेयक फिर्ता लिन सरकारलाई कांग्रेसको चेतावनी, जबरजस्ती गरे शक्ति प्रदर्शन


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सरकारलाई तीनवटा विधेयक फिर्ता लिन चेतावनी दिएको छ ।

मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोगसँग सम्बन्धित विधेयक र राष्ट्रिय सुरक्षा परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धि विधेयक तत्काल फिर्ता लिन सरकारलाई कांग्रेसले चेतावनी दिएको हो ।

मंगबार सिंहदरबारमा बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले यी तीनवटा विधेयकहरु संविधानका प्रस्तावना र प्रावधान विपरित रहेको र संविधानको प्रतिकुल हुने गरि विधेयक आएका कारण यसलाई तत्काल फिर्ता गर्न सरकारलाई दबाव दिने निर्णय गरेको हो ।

बैठकपछि बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले यी विधेयकले प्रेस स्वतन्त्रतालाई कुन्ठित गरेको, मानअधिकारलाई कमजोर बनाउने र राष्ट्रिय सुरक्षा र नेपाली सेनालाई पनि निष्प्रयोजन गर्ने दाबी गरे ।

उनले राष्ट्रिय सुरक्षाका हिसावले पनि गम्भीर खालका र गम्भी प्रतिवन्ध ल्याउनेन खालको भएका कारण यी विधेयकलाई फिर्ता लिनुको विकल्प नभएको बताए ।

‘यदी सरकारले संयता पूर्वक विधेयक फिर्ता लिएर गयो भने स्थिति सहजीकरण हुने छ’ प्रमुख सचेतक खाँडले भने,‘ यदी जबरजस्ती सदमा प्रवेश गर्न खोज्यो भने सदन मा र सडकमा कांग्रेसले शक्ति प्रदर्शन गर्ने छ ।’

कांग्रेस सदैव मानवअधिकारको पक्षमा रहेको भन्दै प्रमुख सचेतक खाँडले स्तन्त्र पत्रकारिकता र लोकतन्त्र एउटै सिक्काको दुईवटा पाटा भएको बताए ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १२ : ०९ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील