भारतीय क्लबविरुद्धको खेलमा मनाङको बराबरी « Khabarhub

भारतीय क्लबविरुद्धको खेलमा मनाङको बराबरी


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– एएफसी कप अन्तर्ग्त भारतीय क्लब मिनर्भा पञ्जावविरुद्द नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले बराबरी खेलेको छ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङले पञ्जावसँग १-१ गोलको बराबरी खेलेको हो।

खेलको पहिलो हाफमा १ गोलले पछि परेको मनाङले दोस्रो हाफमा गोल गर्दै बराबरी गरेको हो। पञ्जावका लागि खेलको ४० औं मिनेटमा मोइरानगेथाम थोइब सिंहले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा थप गरिएको समयमा पञ्जावका खेलाडि प्रतीक जोशीले मनाङका खेलाडी माथि फाउल गरेपछि रातो कार्ड पाउँदा पञ्जाव १० खेलाडीमा सीमित भयो । त्यसपछि मनाङका लागि ८१ औं मिनेटमा अञ्जन बिष्टको क्रसमा साहेद अजिजले गोल गरेका थिए।

बराबरी खेलको मनाङको अंक तालिकामा २ अंक भएको छ भने मिनर्भाको ४ अंक रहेको छ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ५ : ०६ बजे

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले