प्रहरीको ‘सर्च एण्ड एरेस्ट अपरेसन’ नरोके कडा प्रतिकार गर्ने विप्लवको चेतावनी « Khabarhub

प्रहरीको ‘सर्च एण्ड एरेस्ट अपरेसन’ नरोके कडा प्रतिकार गर्ने विप्लवको चेतावनी


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली-सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफूहरुविरुद्ध सुरक्षाकर्मीले चलाएको ‘सर्च एण्ड एरेस्ट अपरेसन’ अभियान नरोके कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

सिन्धुलीका विभिन्न ठाउँमा जनपथ र सशस्त्र प्रहरीले चलाएको ‘सर्च एण्ड एरेस्ट अपरेसन’ लाई लक्षित गर्दै विप्लव समूहले एक विज्ञप्ती जारी गरी प्रतिकार गर्ने चेतावनी दिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका सिन्धुली जिल्ला इन्चार्ज र सेक्रेटरीले प्रेस विज्ञेप्ती जारी यस्तो चेतावनी दिइएको छ । नेकपा सिन्धुलीका इन्चार्ज शशि राई र सेक्रेटरी दिनेश सारुले बिहीबार एक विज्ञप्ति जारी गर्दै केपी–पीके कम्पनीले सिन्धुलीमा सर्च एण्ड एरेष्ट अभियान चलाई जनतालाई सहनै नसक्ने गरी राज्य आतंक मच्चाइराखे त्यसको कडा रुपमा प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।

विज्ञप्तीमा भनिएको छ,‘नेपालका सर्वहारा वर्ग, श्रमिक तथा उत्पीडित जनसमुदायहरुको अग्रदस्ता हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा वैज्ञानिक समाजवादी क्रान्ति निरन्तर अगाडि बढिरहेको छ । यही क्रममा वर्तमान दलाल फासिवादी केपी–पीके सरकारले हाम्रो पार्टीको निद्रोष, निशस्त्र कार्यकर्तामाथि गोली प्रहार गरी हत्या गर्ने गिरफ्तार गर्ने, झुठा मुद्दा लगाई जेल हाल्ने र देश व्यापी दमन अभियान चलाई राज्य आतंक मच्चाई रहेको छ ।’

आफ्ना समर्थकहरुलाई दु:ख दिने काम भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीहरु गाउँगाउँमा पसेर जनतालाई त्रसित पारेको छ । ३ सय भन्दामाथि फोर्स सिन्धुलीमा केन्द्रित छ । यस प्रकारको सामान्य नागरिक गिरफ्तार गर्ने, जनताको सम्पत्ति लुटपात गरी कब्जा गरी लाने प्रहरी परिचालन गरी कथित सर्च एण्ड एरेष्ट अप्रेशन नरोक्ने हो भने त्यसको जवाफ हामीले दिन बाध्य हुने हुँदा उक्त परिस्थिति आउनु अवागै यस प्रकारको जनतामाथिको जनदमन रोकी समान्य जनताले आफुले काम गरेर शान्तिपूर्ण बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न चेतावनी दिन चाहन्छौं ।’

पढ्नुहोस विप्लव नेतृत्वको नेकपाले जारी गरेको विज्ञप्ती

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ७ : ५० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन