सिंहदरबार अगाडि कसले पोख्यो ८ ड्रम रगत ? | Khabarhub Khabarhub

सिंहदरबार अगाडि कसले पोख्यो ८ ड्रम रगत ?


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडकमा रगत पोख्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाललाई हिन्दूराष्ट्र बनाउन माग गर्दै सडकमा रगत पोखिएको थियो ।

मोहन शमशेर राणा नेतृत्वको राष्ट्रिय स्वयंसेवक दलले राजधानीको सिंहदरबार अगाडि भद्रकालीमा गरेको प्रदर्शनका क्रममा राँगाको ९ ड्रम रगत सडकमा पोखेका थिए ।

प्रदर्शनकारीले सडकमा रगत पोखेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

‘दुईवटा गाडीमा ८ वटा ड्रममा भरेर ल्याइएको रगत भद्रकाली अगाडिको सडकमा एकैपटक पोखे,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले भने,’वातावरणीय हिसावमा पनि रगत पोखेर दुर्गन्ध फैलाउने काम गरेकाले  रगत पोख्ने कार्यमा संलग्न ९ जनालाई नियन्त्रणमा लिइएको हो ।’

पक्राउ परेकाहरुमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ६ : ०१ बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव