सभापतिको डेरा डुबेपछि.... | Khabarhub Khabarhub

सभापतिको डेरा डुबेपछि….


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवको बसेको कोलोनी डुवानमा पर्दा उनी पीडित बनेका छन् ।

कुलेश्वरस्थित ओरियन्ट कोलोनीको एउटा ब्लकको भुइतलामा बसेका श्रीवास्तव शुक्रवारको बाढी घर भित्र पस्दा तनावमा परेका छन् ।

बाढी कोठमा भित्र पस्दा उनका अधिकांश सामान विग्रिएका छन् । खान पकाउने कोठामा लेदो जम्मा भएको छ । कोठामा खाट, सोफा समेत डुबेको छ । कोठा डुवानमा परेपछि उनी अहिले एउटा होटलमा बसिरहेका छन् ।

पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद श्रीवास्तव करिब १२ वर्षदेखि उक्त कोलोनिमा बस्दै आएका थिए । बाढीको समयमा आफू कोठामै रहेको र बाढीकोठामा पस्न थालेपछि भाग्नु परेको उनले बताए ।

उनलाई आफ्नो निर्वाचन क्षेत्रबाट पीडितहरुले निरन्तर फोन गरेर राहतको व्यवस्थाको माग गरिरहेका हुन्छन् । उनको निर्वाचन क्षेत्रमा १० जनाको मृत्यु भएको छ ।‘उतावाट साथीहरुले फोन गर्नु हुन्छ, राहतको व्यवस्था गर्न भन्नु हुन्छ । मेरो क्षेत्रमा १० जना भन्दा धेरैको मृत्यु भएको छ, श्रीवास्तवले भने,‘उहाँहरु उता पीडित हुनुहुन्छ म यता पीडित भएको छु !’

बाढी पीडित भएका उनले अहिले कोठा खोजी रहेका छन् । बानेश्वमा कोठा फेला परेका श्रीवास्तवले सांसदको रुपमा आउने कोठाभाडा २५ हजारले नपुग्ने बताए । ‘बानेश्वारमा कोठाको भाडा ६० हजार भनेका छन्,’ उनले भने घरपट्टीसँग भाडा मिलाइदिन आग्रह गरेको छु । ’

सभापति श्रीवास्तव नै डुवान पीडित भएपछि आइतबार बस्ने भनिएको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ६ : ५६ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी