बुधबारदेखि महँगिदै इन्टरनेट, कति रकम थपिन्छ ? « Khabarhub

बुधबारदेखि महँगिदै इन्टरनेट, कति रकम थपिन्छ ?


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबारदेखि इन्टरनेट महँगिने भएको छ । इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क(टीएनसी) लाग्ने भएपछि इन्टरनेट महँगिने भएको हो ।

संघीय संसदबाट पारित आर्थिक विधेयकमा टेलिफोन, मोबाइल इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कवापत संकलन गर्ने व्यवस्था गरेसँगै उपभोक्तामाथि शुल्कको भाग बढ्ने भएको हो ।

यसअघि इन्टरनेटमा टीएससीसम्बन्धी प्रावधान नभएपनि आर्थिक विधेयकले १३ प्रतिशतको अतिरिक्त भार थपिदिएको छ ।

यसै आर्थिक वर्षदेखि टीएससीको व्यवस्था गरिएको थियो । तर सबैतिर विरोध भएपछि सरकार र इन्टरनेट सेवा प्रदायक कम्पनीबीच सहमति भएको थियो । जसका कारण उपभोक्तामाथि शुल्कको भार परेको थिएन । तर, सरकारले सहमति पालना नगरी जेठ १५ को बजेटमा पनि यसलाई निरन्तरता दिएपछि आगामी आर्थिक वर्षको सुरुवाटै अतिरिक्त शुल्न लिने भन्दै कम्पनीहरुले सेवाग्राहीलाई जानकारी गराएका छन् ।

हाल ग्राहकले जुन प्रकारको सेवामा जति शुल्क तिर्दै आएका थिए, बुधबारदेखि त्यही बिलिङमा १३ प्रतिशत अतिरिक्त शुल्क थपिएर आउने छ । अर्थात तपाईले मासिक १५ सय तिर्ने गर्नुभएको छ भने अब तपाईले १६९५ तिर्नुपर्ने हुन्छ ।

तर सरकारले भने कुनै हालतमा पनि इन्टरनेटको रकम थप नहुने बताउँदै आएको छ ।

सञ्चार एवं सूचना प्रविधि मन्त्रालयले इन्टरनेट प्रदायकहरुको माग मध्ये धेरै सम्बोधन भइसकेको र केही प्रकृयामा रहेको भन्दै रकम थप नहुने दाबी गरेको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ७ : १७ बजे

पूजाअर्चनासहित सरकारी निवासमा प्रधानमन्त्री शाह (तस्बिरहरू)

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह विशेष पूजाअर्चनासहित शुक्रबार अपराह्न बालुवाटारस्थित

मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादनमा गिरावट

तनहुँ– यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा 

काठमाडौं– देशभर मौसम बदली भई काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु

मन्त्रिपरिषदमा दोहोरिएका यी चार अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहसहित १५

स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं– नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले स्वास्थ्य