पीडित भ्यागुताको जोडी– पानी नपर्दा विवाह, बाढी आएपछि समातेर डिभोर्स ! « Khabarhub

पीडित भ्यागुताको जोडी– पानी नपर्दा विवाह, बाढी आएपछि समातेर डिभोर्स !


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिन यता सामाजिक सञ्जालमा भ्यागुताको विवाह र डिभोर्स बारेको प्रसंग चर्चामा छ ।

सामाजिक सञ्जालमा कुनै न कुनै विषयमा चर्चा र त्यसलाई भाइरल नबनाइ बस्नै नसक्ने नेपालीको लागि यो नयाँ किस्सा बनेको छ ।

भ्यागुताको विवाह गरेको समाचार बेलाबेलामा सञ्चारमाध्यममा र गाउँठाउँमा सुन्ने गरिएकै हो तर डिभोर्सबारे त पहिलो पटक सुनियो त्यो पनि भाइरल बन्ने गरि ।

तपाईलाई पनि चित्त बुझेर वा रमाइलो लागेर उक्त पोस्ट शेयर गर्नु भएको होला । तर त्यसको वास्तविकता तपाईलाई थाहा छ ? किन उनीहरुको डिभोर्सको कागज तयार भयो भन्ने ?

भ्यागुताको जोडीको डिभोर्सको व्यहोरा भएको तमसुक पढ्नु भन्दा पहिला विवाहको प्रसंगबारे जान्न जरुरी छ ।

भ्यागुताको विवाह

असार महिना सकिनै लाग्दासमेत देशमा मनसुन सक्रिय हुन सकेन वा पानी पर्न सकेन । पानी नपरेपछि खेती किसानी गर्नेलाई ठूलो समस्या पर्न गयो ।

सिचाइको सुविधा नभएको देशमा आकाशे पानीको भर पर्नुपर्ने त्यसमा पनि असार सकिनै लाग्दा पनि पानी नपरेपछि किसानहरु हैरान भए । वर्षभरि के खाने भन्ने चिन्ताले उनीहरुलाई सतायो । सरकारलाई सिचाइको व्यवस्था गर अनि खेत रोप्छौं भन्नु भन्दा उनीहरुले धार्मिक सांस्कृतिक रुपमा पानी पार्ने उपाय खोजे ।

पानी नपरेपछि किसानहरुले ‘हरहर महादेव पानी देउदेउ’ भन्दै एक लाख पिपलका पातमा लेखेर नदीमा बगाएन् कि एक जोडी भ्याकुता खोजेर विवाह गरिदेनन् । मोरङको रंगेलीको संसारी माइ मन्दिरमा स्थानीय किसानले भाले र पोथगी भ्यागुतको विवाह नै गराइदिए ।

मन्दिरमा विधवत रुपमा भव्य खालको विवाह सम्पन्न भएको थियो । वैदिक मन्त्र पढेर नै भ्यागुताको विवाह भयो । त्यो पनि पोथी भ्यागुतोलाई चुरा पोते सिन्दुर लगाइदिएर । त्यसपछि उनीहरु पति पत्नी बने ।

भ्याकुताको विवाह गरेपछि इन्द्र भगवान(धार्मिक मान्यता अनुसार वर्षाका देवता) खुसी भएछन् क्यार ! त्यसको केही दिनपछि गडगडाहटसहित वर्षा भयो । भ्यागुताको विवाहपछि पानी यस्तो पर्यो‍ कि अहिलेसम्म ६७ जनाको बाढी पहिरोका कारण ज्यान गइसकेको छ भने ३० जना वेपत्ता भएका छन् ।

यस्तो भएपछि भ्यागुताको विवाह गराउने र विवाह गरेपछि पानी पर्छ भन्नेहरुलाई पर्‍यो आपत ! अब पानी बन्द गर्नका लागि के गर्ने ? यसबीचमा केहीले नयाँ उपाय रचे ।

भ्यागुताको विवाहपछि पानी परेको हो भन्दै उक्त जोडीको डिभोर्स गर्ने उपाय निकाले र यसको डिभोर्सको कागज नै बनाए ।

त्यसअघि नै सामाजिक सञ्जालमा पानी लगातार परेपछि पोस्टहरु सार्वजनिक भए । जसमा लेखिएको थियो ,‘अस्ति पानी परोस् भनेर भ्यागुतोको विहे गर्दिनेले तुरुन्तै उनीहरुको डिभोर्स गर्दिनुपरो । पानीले हद पार गरिसक्यो ।’

यो सयौं सामाजिक सञ्जाल प्रयोगकर्ताले सेयर गरे जसमध्ये तपाई पनि पर्नु भयो होला ।

समाजिक सञ्जालमा यस्तो माग उठिरहेको बेला एक जना युवाले नयाँ आइडिया लगाए । उनले दुईवटा भ्यागुता खोजेर ल्याएर नेपाली कागजमा व्यहोरा लेखेर भ्यागुताको डिभोर्स गराए ।

यस्तो लेख्ने को होला ? कहिल्यै सोच्नु भयो ? डिभोर्सको व्यहोरा पढ्नु भयो भने मनमनै हास्नु भयो होला । तर यस्तो आइडिया निकाले मोरङ जिल्लाका प्रकाश बाँनियाले । उनले दुईवटा भ्यागुता खोजेर ल्याए, डिभोर्सको व्यहोरा लेखे दुईवटा भ्यागुतालाई समातेर तस्वीर खिचे र सामाजिक सञ्जालमा पोस्टिए जसलाई धेरै मानिसले सेयर गरेका छन् ।

यस्तो छ डिभोर्सको व्यहोरा

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १ : ५६ बजे

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर रोकियो

त्रिशूली– स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

मुना– गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

काठमाडौं– भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्ति, सुरक्षा र व्यवस्थापकीय

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब