‘जलवायु परिवर्तनको असरलाई कम गर्न विश्वस्तरमा सहकार्य आवश्यक छ’ « Khabarhub

‘जलवायु परिवर्तनको असरलाई कम गर्न विश्वस्तरमा सहकार्य आवश्यक छ’


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले पारेको नकारात्मक असरलाई न्यूनिकरण गर्न जनतालाई सशक्त बनाउँदै लैजाने योजना अघि सारेका छन् ।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनले विश्व अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनिकरण गर्न विश्वस्तरमा सहकार्यको आवश्यकता रहेको पनि बताए ।

सोमबारबाट काठमाडौंमा सुरु भएको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले विकसित राष्ट्रहरुको कार्बन उत्सर्जनका कारण अतिकम विकसित राष्ट्रहरु पनि जलवायु परिवर्तनको मारमा परेको स्मरण गराए ।

प्रधानमन्त्री ओलीले नेपालले आगामी मार्च महिनामा जलवायु परिवर्तनसम्बन्धी विश्वस्तरीय ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना गर्ने उल्लेख गर्दै त्यसमा सहभागी हुन पनि वैज्ञानिकहरुलाई आग्रह गरे । सम्मेलनमा जलवायु परिवर्तनले पारेका नकारात्मक असर न्यूनिकरणसम्बन्धी ठोस योजना तय गर्ने प्रधानमन्त्री ओलीको विश्वास छ ।

कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनले पारेका नकारात्मक असरलाई न्यूनिकरण गर्न पर्वतीय मुलुकहरुले मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले सरकारले जलवायु परिवर्तनले नेपालको कृषि क्षेत्रमा पारेको नकारात्मक असरलाई न्यूनिकरण गर्न अन्तर्राष्ट्रिय संघ, संस्थाहरुसँग सहकार्य गरेर काम गरिरहेको पनि जानकारी दिए ।

वन तथा वातवरण मन्त्रालय र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) को संयुक्त आयोजनामा शुरु भएको सम्मेलनमा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत हिन्दुकुश हिमालय क्षेत्रका नीति, निर्माता तथा अनुसन्धानकर्मीहरुको सहभागिता छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ३ : ०६ बजे

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत