जापानी सामान बहिष्कार गर्न दक्षिण कोरियाली व्यवसायीको आह्वान « Khabarhub

जापानी सामान बहिष्कार गर्न दक्षिण कोरियाली व्यवसायीको आह्वान


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल- दक्षिण कोरियालाई अत्याधुनिक प्राविधिक उपकरण निर्यात गर्न कडाई गर्ने जापानको कदमको विरोधमा दक्षिण कोरियाली साना व्यवसायीहरुले जापानी सामानको उपभोग नगर्न आह्वान गरेका छन् ।

जापानी कदमविरुद्ध सोमबार प्रदर्शन गर्दै दक्षिण कोरियाली साना व्यवसायी संघका प्रतिनिधीहरुले मुलुकका व्यवसायीहरुलाई जापानी सामान वहिष्कार गर्न आह्वान गरेका हुन् । उनीहरुले जापानले आफ्नो कदम फिर्ता लिएर माफी नमागेसम्म जापानी सामान बहिष्कार गर्न आह्वान गरे ।

जापानले अघिल्लो महिनाबाट दक्षिण कोरियालाई लक्षित गरी प्राविधिक उपकरणमा आवश्यक पर्ने फोटोरेजिस्ट्स र अन्य उपकरणको निर्यातमा कडाई गरेको थियो । यसबाट आयातमा आधारित दक्षिण कोरियाली अर्थतन्त्रमा नराम्रो असर पर्ने भन्दै दक्षिण कोरियामा तीव्र आक्रोश बढेको छ ।

लाखौं दक्षिण कोरियालीले जापानी सामान उपभोग नगर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षार गरिसकेका छन् । त्यस्तै, अर्को वर्ष जापानको राजधानी टोकियोमा हुने ओलम्पिक दक्षिण कोरियाले बहिष्कार गर्नुपर्ने आवाज पनि उठ्न थालेको बताइएको छ ।

दक्षिण कोरियाले जापानी कदमबारे विश्व व्यापार संगठनमा औपचारिक उजुरी दर्ता गरेको र आगामी साता स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुन लागेको संगठनको सम्मेलनमा यसबारे छलफल हुने कार्यक्रम छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ४ : २५ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले