हङकङ प्रमुख कार्यकारी क्यारी लामद्वारा प्रदर्शनकारीलाई ‘दंगाकारी’को संज्ञा « Khabarhub

हङकङ प्रमुख कार्यकारी क्यारी लामद्वारा प्रदर्शनकारीलाई ‘दंगाकारी’को संज्ञा


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

हङकङ– हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सुपुर्दगी विधेयकको विरोधमा प्रदर्शनरत प्रदर्शनकारीलाई ‘दंगाकारी’ को संज्ञा दिन सकिने टिप्पणी गरेकी छिन् ।

प्रदर्शनकारीसँगको झडपका क्रममा घाइते भएका प्रहरीलाई भेट्न अस्पताल पुगेकी उनले आफू प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीको कार्यको समर्थनमा रहेको समेत जनाएकी छिन् । उनले प्रदर्शनकारीलाई कानूनको कठघरामा ल्याउने प्रहरीको अभियानमा आफ्नो साथ रहेको टिप्पणी गरेकी छिन् ।

विवदास्पद सुपुर्दगी विधेयकको विरोधमा पछिल्ला केही दिनयता हङकङमा प्रदर्शन चर्किंदै गएको छ । आइतबारमात्र प्रदर्शनकारीको सानो समूह र प्रहरीबीच झडप भएको थियो ।

प्रमुख कार्यकारी लामले उक्त विधेयक अनिश्चितकालसम्मका लागि स्थगित गरेको घोषणा गरेपनि विपक्षीले उक्त विधेयक पूर्ण रुपमा फिर्ता हुनुपर्ने र प्रमुख कार्यकारी लामले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

उक्त विधेयक पारित भए कानूनका रुपमा लागू भएमा हङकङमा बसोबास गरिरहेका मानिसलाई चीनतर्फ सुपुर्दगी हुनसक्ने र यसले हङकङमा विधिको शासन समाप्त हुने विपक्षीको भनाइ छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ५ : १५ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई