इन्टरपोलबाट डिफ्युजन जारी गरिएका व्यक्ति काठमाडौंमा पक्राउ « Khabarhub

इन्टरपोलबाट डिफ्युजन जारी गरिएका व्यक्ति काठमाडौंमा पक्राउ


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्टरपोल महासचिवालयबाट डिफ्युजन नोटिस जारी गरिएका फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

विद्युतीय कारोवार ऐन अन्तर्गतको कसुर मुद्धामा गोरखा माझगाँउवेशी बस्ने २४ वर्षीय सुरेश गुरुङलाई प्रहरीले शनिबार पक्राउ गरी सार्वजनिक गरेको हो ।

इन्टरपोल दोहा कतारको बोर्डर इम्मीग्रेसेन रेकर्डअनुसार गुरुङ कतारमा रहेको र त्यहाँबाट असार २६ गते नेपाल प्रवेश गरेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले काठमाडौंको गोंगबु मित्रनगरबाट पक्राउ गरेको हो ।

गुरुङले एक महिलालाई विभिन्न अश्‍लिल म्यासेज लेखी पठाएको र इमोमार्फत अपशब्द लेखेर धम्की समेत दिई प्रतिष्ठामा आँच आउने काम गरेको भन्दै वैशाख ८ गते उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्धामा महानगरीय अपराध महाशाखा टेकुमा जाहेरी परेको थियो ।

उक्त जाहेरीको आधारमा फरार प्रतिवादी सुरेश विरुद्ध महानगरीय प्रहरी परिसर टेकुको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवालयलाई डिफ्युजन जारी गर्न अनुरोध गरेपछि उनी उपर गत जेठ १७ गते डिफ्युजन जारी भएको थियो ।

गुरुङमाथि महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ६ : ३६ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा