बन्दी फरार भएपछि प्रहरी निलम्बित « Khabarhub

बन्दी फरार भएपछि प्रहरी निलम्बित


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाँके खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीको हिरासतबाट तीन बन्दी नाटकीय रुपमा फरार भएपछि प्रहरी जवान शम्शेर थापामगरलाई निलम्बन गरिएको छ ।

घटनाका समयमा थापामगर हिरासतको सुरक्षामा खटिएका थिए । शनिबार मध्यरातमा शौचालयको झ्याल फोडेर सार्वजनिक सुरक्षा अपराधअन्तर्गत पक्राउ परेका खजुरा–३ का निर्मल थापा र उज्वल कार्की तथा लागुऔषधसहित पक्राउ परेका स्थानीय सिमन विक छन् । उनीहरु ११ फिट अग्लो हिरासतमा रहेको फलामे झ्याल फोडेर भागेका थिए ।

दुई दिनअघि मात्र पक्राउ परेका विकसँग प्रहरीले लागुऔषध ब्राउनसुगर बरामद गरेकाले आइतबार म्याद थप गराएर थप अनुसन्धान गर्ने प्रक्रियामा थियो भने यही असार २३ गते पक्राउ परेका थापा र कार्कीको पाँच दिनका लागि म्याद थप गरिएको थियो ।

भाग्ने तीनै जना २० वर्ष भन्दा कम उमेरका रहेका प्रहरीले जनाएको छ । हिरासतमा रहेका पाँचमध्ये एकजना बिरामी भएपछि अस्पताल पुर्‍याइएको थियो भने गम्भीर अपराधका अर्का एकजना हिरासतमै सुतिरहेका थिए ।

इप्रका धनौलीमा प्रमुखका रुपमा रहेका प्रहरी निरीक्षक मख्खनप्रसाद यादव शनिबारदेखि बिदामा थिए । निमित्त इञ्चार्जको जिम्मेवारी लिएका प्रहरी नायब निरीक्षक चक्रबहादुर खत्रीले घटनाबारे केही बताउन चाहेनन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले घटनाको पुष्टि गर्दै हिरासतको सुरक्षामा खटिएका जवानलाई निलम्बन गर्दै थप अनुसन्धान अघि बढाइएको बताए । उनीहरुलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ ।’उनीहरुलाई छिट्टै पक्राउ गरिनेछ’, प्रहरी उपरीक्षक वलीले भने ‘सम्बद्ध सबैतिर प्रहरी परिचालन गरिसकिएको छ ।’

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ८ : ५२ बजे

सुनचाँदीको मूल्य पनि घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन

 लुम्बिनीमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी– लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण क्रमशः

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ– प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा पनि

डिजिटल कार्ड कार्यान्वयन गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन

चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

चितवन– जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गर्दै विभिन्न