अमेरिकासँग वार्तामा बस्न तयार रहेको इरानी राष्ट्रपतिको भनाइ « Khabarhub

अमेरिकासँग वार्तामा बस्न तयार रहेको इरानी राष्ट्रपतिको भनाइ


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानी राष्ट्रपति हसन रौहानीले नाकाबन्दी हटाउने विषयमा अमेरिकासँग वार्ता गर्न तयार रहेको जनाएका छन् ।

प्रत्यक्ष टेलिभिजन सम्बोधनका क्रममा इरानी राष्ट्रपति रौहानीले इरानले चाहेजति तेल विक्री गर्न दिइनेभए इरान वार्ताको टेबलमा बस्न तयार रहेको जनाएका हुन् । इरान सधैं वार्ताको पक्षमा रहेको भन्दै उनले अमेरिकाले ‘अरुलाई होच्याउने’ र इरानमाथिको नाकाबन्दी बन्द गर्नुपर्ने रौहानीको भनाइ छ । अमेरिका वार्तामा बस्नेभए तर्कका साथ प्रस्तुत हुनुपर्ने रौहानीले बताए ।

सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताका पक्षराष्ट्रहरु जर्मनी, फ्रान्स र युरोपेली युनियनका अरु नेताहरुले पनि आइतबार पछिल्लो समयमा इरानमा बढ्दो बिवादबाट गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । ती मुलुकहरुको टिप्पणीलगत्तै इरानी राष्ट्रपति रौहानीको यस्तो भनाई सार्वजनिक भएको हो ।

गएको मे महिनामा अमेरिकाले इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौता एकतर्फी रुपमा बाहिरिएको थियो । यससँगै अमेरिकाले एकपछि अर्को नाकाबन्दी लगाउँदै आएको छ भने मध्यपूर्वमा इरान र अमेरिकाबीच द्वन्द्व नै हुनसक्ने सम्भावना पनि बढ्दै गएको छ ।

हालै इरानले पनि उक्त सम्झौताका महत्वपूर्ण बुँदाबाट पछि हटेको घोषणा गर्दै आएको छ । तर, युरोपेली राष्ट्रहरुले भने वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आह्वान गर्दै आएका छन् । नाकाबन्दी र युरोपेली मुलुकको दबाबका कारण पनि इरानले वार्ताको प्रस्ताव गरेको हुनसक्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १० : १६ बजे

कामपाको दश वडाभित्रका पाँच सय नौ स्थानमा प्राचीन नाम पहिचान

काठमाडौं– काठमाडौँ महानगरपालिकाले १० वटा वडाभित्रका ५०९ वटा स्थानका प्राचीन

टिम हार्दा भारतसँग हारेनन् जिम्बावेका ओपनर बेनेट: बनाए नटआउट ९७ रन

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर-८ को समूह ‘एक’बाट

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

झापा– जिल्लामा चैते धानको रोपाइँ सुरु भएको छ । कचनकवल

सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनका ३३ उजुरी

 किमाथाङ्का– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र

निर्वाचन ६ दिन बाँकी : आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

काठमाडौं – निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म