जाजरकोट दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत, चालक नियन्त्रणमा « Khabarhub

जाजरकोट दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत, चालक नियन्त्रणमा


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटको रिम्नामा यात्रुबहाक बस दुर्घटना हुँदा ज्यान गुमाउने चार जनामध्ये दुई जनाको सनाखत भएको छ ।

जगदुल्ला गाउँपालिका–४ डोल्पाका ४८ वर्षीय मिनबहादुर बोहोरा र बसका सहचालका सल्यानका हरि बहादुर राउतको सनाखत भएको हो । अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट रुकुमको राडीतर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरको बस हिजो भेरी नगरपालिका १ रिम्नामा दुर्घटना हुँदा भेरी नदी किनारामा खसेको थियो ।

बस दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइते दुई जनाको उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने ४ जनाको जाजरकोट अस्पताल र अन्य २ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते एक जनाको उपचारपछि घर फर्काइएको छ ।

बसमा १३ जना सवार रहेका थिए । चाकलकको लापरबाहीका कारण गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ७ : ४३ बजे

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्

आज २०८२ साल पुस १७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन