गाउँमा भित्रिएको प्रविधिले मजदुर विस्थापित « Khabarhub

गाउँमा भित्रिएको प्रविधिले मजदुर विस्थापित


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी–स्थायीय सरकारको गठनसँगै गाउँगाउँमा विकास निर्माणका कामले गति लिएका छन् । विकास निर्माण सबैका लागि सुखद भएपनि विकासका लागि भित्रिएको प्रविधिले मजदुरलाई विस्थापित गर्दा स्थानीयहरु चिन्तित पनि बन्न थालेका छन् । स्थानीय सरकारले बाटोघाटो, पुलपलेसालगायत भौतिक पूर्वाधार विकासका लागि चाहिने प्रविधि भित्र्याएसँगै मजदुरको रोजिरोटी गुम्न थालेको डोटीबासीहरुले बताएका छन् ।

जिल्लाका स्थानीय तहले निर्माण गर्ने सडक उपभोक्ता समितिमार्फत गर्ने भनिए पनि यहाँका गाउँगाउँमा डोजर र स्काभेटर प्रयोग गरेर सडक निर्माण भइरहेका छन् । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हिसाबले उपभोक्ता समितिको अवधारणा आए पनि स्थानीय तहले मेसिन प्रयोग गरेर सडक निर्माण गरिरहेको स्थानीयवासीको आरोप छ ।

गाउँमा हुने विकास निर्माणमा मेसिन मात्रै प्रयोग हुन थालेपछि डोटीका ग्रामीण क्षेत्रका स्थानीयवासी रोजगारीका लागि छिमेकी मुलुक भारत जान बाध्य भएको जोरायल गाउँपालिका–५ निरौलकी स्थानीय चित्रराज भट्टले बताउँछन् । गाउँमा आफूले गर्ने काम डोजरले गर्न थालेपछि बाध्य भएर काम खोज्दै भारत जानुपरेको भट्टले बताए।

पुरुषजति रोजगारीको खोजीमा भारत गएपछि गाउँमा महिला, वृद्धवृद्धा तथा बालबालिका मात्रै रहेको वोगटान गाउँपालिका–१ का कमलसिंह बमले बताए ।

एक करोड रुपैयाँसम्मका निर्माणकार्य उपभोक्ता समितिमार्फत गर्न पाउने प्रावधान भए पनि यहाँका ग्रामीण क्षेत्रमा हुने विकास निर्माणमा मेसिन हावी भएका छन् । उपभोक्ता समितिले पनि डोजरकै प्रयोग गरेको पाइएको जोरायल गाउँपालिका–५ का स्थानीय दीर्घबहादुर बोगटीले बताए ।

यहाँका स्थानीयवासी कामका लागि वर्षेनी भारतका विभिन्न शहर पञ्जाब, बरेली, लुधियाना, बैङ्लोर, दिल्ली, उत्तराखण्ड, कुमाउ, गडवाल जाने गर्दछन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ९ : २४ बजे

राष्ट्रिय सभामा भएको एकतासभामा देखिएनन् बालेन र कुलमान, बृहत् एकतासभाको तयारी हुँदै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकता सभामा बालेन्द्र साह

यमनका पक्षहरूबीच संवाद सहज बनाउन टर्कीए तयार : राष्ट्रपति एर्दोगान

एजेन्सी– टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यमनमा द्वन्द्वरत पक्षहरूबीच संवाद

हत्यामा संलग्न भएको आरोपमा चार युवा पक्राउ

ओखलढुङ्गा– जिल्ला प्रहरी कार्यालयले श्रृङ्खलाबद्ध हत्यामा संलग्न भएको आरोपमा चार

जनकल्याण बहुउद्देश्यीय साकोसमा साढे १४ लाख रकम अपचलन, व्यवस्थापक भन्छन्- तिर्न तयार छु

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-८ फेदीमा अवस्थित जनकल्याण बहुउद्देश्यीय

म्यानेजर रुबेन अमोरिमलाई म्यानचेस्टर युनाइटेडले बर्खास्त गर्‍यो

म्यानचेस्टर- चर्चित इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले आफ्ना म्यानेजर रुबेन अमोरिमलाई