गाउँमा भित्रिएको प्रविधिले मजदुर विस्थापित « Khabarhub

गाउँमा भित्रिएको प्रविधिले मजदुर विस्थापित


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी–स्थायीय सरकारको गठनसँगै गाउँगाउँमा विकास निर्माणका कामले गति लिएका छन् । विकास निर्माण सबैका लागि सुखद भएपनि विकासका लागि भित्रिएको प्रविधिले मजदुरलाई विस्थापित गर्दा स्थानीयहरु चिन्तित पनि बन्न थालेका छन् । स्थानीय सरकारले बाटोघाटो, पुलपलेसालगायत भौतिक पूर्वाधार विकासका लागि चाहिने प्रविधि भित्र्याएसँगै मजदुरको रोजिरोटी गुम्न थालेको डोटीबासीहरुले बताएका छन् ।

जिल्लाका स्थानीय तहले निर्माण गर्ने सडक उपभोक्ता समितिमार्फत गर्ने भनिए पनि यहाँका गाउँगाउँमा डोजर र स्काभेटर प्रयोग गरेर सडक निर्माण भइरहेका छन् । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हिसाबले उपभोक्ता समितिको अवधारणा आए पनि स्थानीय तहले मेसिन प्रयोग गरेर सडक निर्माण गरिरहेको स्थानीयवासीको आरोप छ ।

गाउँमा हुने विकास निर्माणमा मेसिन मात्रै प्रयोग हुन थालेपछि डोटीका ग्रामीण क्षेत्रका स्थानीयवासी रोजगारीका लागि छिमेकी मुलुक भारत जान बाध्य भएको जोरायल गाउँपालिका–५ निरौलकी स्थानीय चित्रराज भट्टले बताउँछन् । गाउँमा आफूले गर्ने काम डोजरले गर्न थालेपछि बाध्य भएर काम खोज्दै भारत जानुपरेको भट्टले बताए।

पुरुषजति रोजगारीको खोजीमा भारत गएपछि गाउँमा महिला, वृद्धवृद्धा तथा बालबालिका मात्रै रहेको वोगटान गाउँपालिका–१ का कमलसिंह बमले बताए ।

एक करोड रुपैयाँसम्मका निर्माणकार्य उपभोक्ता समितिमार्फत गर्न पाउने प्रावधान भए पनि यहाँका ग्रामीण क्षेत्रमा हुने विकास निर्माणमा मेसिन हावी भएका छन् । उपभोक्ता समितिले पनि डोजरकै प्रयोग गरेको पाइएको जोरायल गाउँपालिका–५ का स्थानीय दीर्घबहादुर बोगटीले बताए ।

यहाँका स्थानीयवासी कामका लागि वर्षेनी भारतका विभिन्न शहर पञ्जाब, बरेली, लुधियाना, बैङ्लोर, दिल्ली, उत्तराखण्ड, कुमाउ, गडवाल जाने गर्दछन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ९ : २४ बजे

‘आबाट आमा’को व्यापारले पलको रिभाइभ

काठमाडौं – सामाजिक सञ्जालमा फिल्म बहिस्कारको ट्रेन्ड चलेपछि संकटमा परेका

विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक जना स्वीडिस

भोजपुरमा शेरधन र बालकृष्णलाई चुनौती बन्दै अजम्बर र ध्रुब

भोजपुर– भोजपुरमा फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा

मानव अधिकार आयोगले भन्यो- निर्वाचन शान्तिपूर्ण र भयरहित बनाऔं

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले आसन्न

 स्वच्छ निष्पक्ष चुनाव भए नेकपाको नजिता राम्रो आउँछ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले