यसरी पाइन्छ फ्रान्सको प्रतिभाशाली कार्ड « Khabarhub

यसरी पाइन्छ फ्रान्सको प्रतिभाशाली कार्ड


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-यूरोपको शक्तिशाली देश फ्रान्सले विश्वभरबाट क्षमतावान र प्रतिभाशाली जनशक्ति आफ्नो देशमा भित्र्याउन नयाँ नीति अघि बढाएको छ ।

सन् २००९ बाट ‘स्कील एण्ड ट्यालेन्ट भिसा’को सुरुवात गरेको फ्रान्सले विश्वभरका दक्ष र प्रतिभाशाली व्यक्तिलाई आफ्नो देश भित्र्याउने योजना झनै प्रभावकारी बनाउँदै लगेको छ । यो योजनामा सहभागी हुनका लागि व्यक्तिगत क्षमता पनि फ्रान्सले निर्धारण गरेको छ ।

राम्रो अंक ल्याएर स्थानकोत्तर तह उत्र्तीण गरेको विद्यार्थी, विभिन्न क्षेत्रका अध्येता, फ्रान्स मै ठूलो कम्पनीमा धेरै सेवासुविधा लिएर काम गर्ने उच्च तहका कर्मचारी, विश्वबजारमा उपस्थिति जनाएका व्यापारी, चर्चित कलाकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक पाउने खेलाडी, अन्तर्राष्ट्रिय पुरस्कार पाउने व्यक्ति, शिक्षा, पत्रकारिताका क्षेत्रमा काम गर्ने व्यक्तिलाई प्राथमिकतामा राखिएको छ ।

‘प्रतिभाशाली कार्ड’ नाम राखिएको यो कार्ड प्राप्त गर्ने व्यक्तिलाई फान्स जान भिसा दिइने छ । जहाँ ४ वर्षका लागि स्थायी बसोबासको अनुमति दिइन्छ । त्यसपछि फ्रान्सेली नागरिकता पनि दिन सक्ने व्यवस्था मिलाइएको छ ।

यस्तो नीति किन?

फ्रान्सले प्रतिभाशालीहरुलाई आफ्नो देशमा भित्र्याएर अर्थव्यबस्था मजबुद बनाउने योजना बनाएको छ । त्यस्तै कला, साहित्यका माध्यमबाट पनि देशलाई प्रभावशाली बनाउने योजना फ्रान्सको छ ।

प्रतिभाशाली व्यक्तिमार्फत शिक्षा, खेलकुदको विकास गर्दै नयाँ नयाँ क्षेत्रमार्फत देशको प्रचार गर्ने तयारीसहित यो प्रणाली ल्याएको हो । यो अभियानमा सामेल हुँदै संसारका धेरै देशका नागरिक स्थायी अनुमतिपत्र लिएर फ्रान्समा बसोबास थालेका छन्। योग्यता पुगेका सबै देशका नागरिकले शुरुमा फ्रान्सेली दूताबासमा आवेदन दिइ आफ्नो योग्यता पुष्टि हुने कागजात पेश गरेपछि प्रक्रियाको सुरुवात हुन्छ र केही महिनाभित्रै निर्णय आउछ।

प्रतिभाशाली व्यक्तिले श्रम स्वीकृती या फ्रान्सबाट अन्य कुनैप्रकारका कागजातको आवश्यकता पर्दैन। प्रतिभाशाली कार्ड प्राप्त गर्ने व्यक्तिले आफुले फ्रान्सको अर्थव्यबस्था, संस्कृति, कला, विज्ञान, खेल वा अन्य अप्रत्यक्ष माध्यमबाट महत्वपूर्ण योगदान पुर्‍याउने संभावना देखाउन सक्नुपर्दछ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  १ : २३ बजे

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन