तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ « Khabarhub

तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

धरान – गत भदौ २४ गते इटहरी इलाका प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

घटनाका भिडियो, फोटोलगायतका प्रमाणका आधारमा पहिचान गरी उनीहरुलाई आज प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।

प्रवक्ता खड्काका अनुसार पक्राउ परेकामाथि आपराधिक उपद्रवसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ ।

पक्राउपर्नेमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय विजय लिम्बू, भोजपुर याङ्पाङ–७ भई हाल इटहरी उपमहानगरपालिका–४ बस्ने ४७ वर्षीय मदन खत्री, इटहरी उपमहानगरपालिका–५ का ४४ वर्षीय दीपेन्द्रकुमार कार्की, इटहरी उपमहानगरपालिका–८ का २४ वर्षीय आभास कार्की र इटहरी उपमहानगरपालिका–४ का २४ वर्षीय सोनम कार्की रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार केहीलाई घरबाट नियन्त्रणमा लिइएको होभने केहीलाई सडकबाट पक्राउ गरिएको हो । सोही घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको प्रवक्ता खड्काले बताए।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १० : ४९ बजे

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा