उखुको मूल्य निर्धाण गर्न सांसदको माग | Khabarhub Khabarhub

उखुको मूल्य निर्धाण गर्न सांसदको माग


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाै‌ं– राष्ट्रियसभाका सांसदले सरकारले उखुको मूल्य निर्धारण गर्नुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदले सरकारले समयमै उखुको उचित मूल्य नतोक्दा किसान मर्कामा परेको भन्दै जतिसक्दो चाँडो मूल्य निर्धारण गर्नुपर्ने माग गरेका हुन् ।

सांसद बलरामप्रसाद बाँस्कोटाले कृषि र उद्योग मन्त्रालयबीच समन्वय नहुँदा देशभरका उखु किसान मर्कामा परेको भन्दै समन्वयका साथ अगाडि बढ्न आग्रह गरे । सांसद धनकुमारी खतिवडाले भूकम्प गएको चार वर्ष वितिसक्दासमेत भूकम्प प्रभावित जिल्लाका जनता अहिलेसम्म पनि त्रिपालमुखी बस्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद प्रकाश पन्थले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उच्च अधिकारी नै भ्रष्टाचारमा संलग्न भएको भन्दै भ्रष्टाचार अन्त्य गरिनुपर्नेमा जोड दिए । सांसद नन्द चपाइँले सुर्खेत जिल्लाका ग्रामीण स्थानमा अहिलेसम्म पनि बाटो पुग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ६ : ५९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’