पटक पटक स्थगित भएको नेकपा सचिवालय बैठक आज ३ बजे « Khabarhub

पटक पटक स्थगित भएको नेकपा सचिवालय बैठक आज ३ बजे


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज (बिहीबार) ३ बजेका लागि बोलाइएको छ । नेकपामा स्कूल विभागमा टुङ्गो लगाउन नसक्दा बैठक पटकपटक सारिँदै आएको छ ।

यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपचार गरेर आएपछि मङ्गलबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै बुधबारका लागि सारिएको थियो । बुधबार पनि नेताहरुबीच कुरा नमिलेर बिहीबार ३ बजेका लागि बैठक बोलाइएको हो ।

आजको बैठकमा पार्टी एकताका सबै प्रक्रिया टुंग्याउने गरी छलफल हुने बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । नेकपाको स्कूल विभागका विषयमा सहमति जुट्न सकेको छैन् । आपसी सहमतिका साथ अघि बढ्ने भन्दै अध्यक्ष द्वयले छलफल गरेपनि निर्णायक बन्न सकेको छैन ।

स्कूल विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतको दावी भएको कुरा बाहिर आएको थियो । यसअघि यही साउन १३ गते बैठक बसेको थियो ।

नेकपाको अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय सङ्गठनको कमिटीलाई पूर्णता, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको काम पूरा हुन सकेको छैन ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ८ : १७ बजे

कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट

काठमाडौं– नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव

काठमाडौंका सडकमा असरल्ल तार (तस्बिरहरू)

काठमाडौं– काठमाडौँका बजार क्षेत्र टेलिफोन, इन्टरनेट र बिजुलीका अव्यवस्थित तारले

दुई सय सात किलो गाँजासहित एकजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरीले टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ बाट

युरोपमा ‘नेपाल टेक रोडशो २०२६’ आयोजना हुँदै, नेपाली आईटी कम्पनीलाई विश्व बजारसँग जोड्ने लक्ष्य

काठमाडौं– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास

विराटनगरमा सबैभन्दा बढी वर्षा

काठमाडौं– देशका विभिन्न भागमा स्थापना भएका  वर्षा मापन केन्द्रमध्ये सबैभन्दा