नेपाली भलिबल टोलीले आज अफगानिस्तानविरुद्धको दोस्रो मैत्रिपूर्ण खेल खेल्दै « Khabarhub

नेपाली भलिबल टोलीले आज अफगानिस्तानविरुद्धको दोस्रो मैत्रिपूर्ण खेल खेल्दै


३० श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय भलिबल टोलीले अफगानिस्तानी भलिबल टोलीसँगको दोस्रो मैत्रिपूर्ण खेल आज खेल्दैछ । त्रिभुवन आर्मी क्लबको लगनखेलस्थित कर्भडहलमा नेपालले अफगानिस्तानसँग दोस्रो मैत्रिपूर्ण खेल खेल्दैछ ।

नेपाली टोली आजको खेलमा पनि जीत हात पार्दै एभिसी सेन्ट्रल जोन भलिबलका लागि आफु तयार देखाउन चहान्छ भने अफगानि टोली नेपालको घरेलु टोलीलाई रोक्ने लक्ष्यमा छ ।

यसअघि बुधबार भएको पहिलो मैत्रिपूर्ण खेलमा नेपालले अफगानिस्तानको टोलीलाई ३–२ को सेटमा पराजित गर्दै मैत्रिपूर्ण खेलमा राम्रो शुरुवात गरेको थियो ।

एसियन भलिबल संघ(एभिसी) को संयोजनमा एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता पहिलो पटक नेपालमा आयोजना हुन लागेको छ । प्रतियोगिता भदै २ गतेदेखि ८ गतेसम्म लगनखेलमै हुनेछ ।

उक्त प्रतियोगिताकै लागि नेपाल आएको अफगानि टोलीले नेपालसँग अभ्यास स्वरुप मैत्रिपूर्ण खेल खेलेको हो ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहिबार  ९ : ४३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको