कप्तान कोहलीको शानदार प्रदर्शनमा भारतलाई एकदिवसीय शृङ्खला | Khabarhub Khabarhub

कप्तान कोहलीको शानदार प्रदर्शनमा भारतलाई एकदिवसीय शृङ्खला


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिका भ्रमणमा रहेको भारतले वेस्ट ईन्डिजविरुद्वको एकदिवसीय क्रिकेट शृङ्खलामा जीत हात पारेको छ । तेस्रो तथा अन्तिम एकदिवसिय खेलमा वेस्ट ईन्डिजलाई ६ विकेटले पराजित गर्दै भारतले तीन खेलको शृङ्खला २–० जीतेको हो । शृङ्खलाको पहिलो खेल बर्षाले प्रभावित भएपछि रद्ध गरिएको थियो ।

योसँगै भारतले वेष्ट इन्डिजविरुद्धको लगातार चौथो शृङ्खलामा सफलता हात पारेको छ । वेस्ट ईन्डिजले पहिला ब्याटिङ गर्दै ३५ औ आभेरमा ७ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो । ओपनर क्रिस गेलले सर्वाधिक ७२ रन बनाएको ईनिङ्समा अर्का ओपनर ईभिन लुईसले ४३ रन बनाएका थिए ।

भारतका खालिल अहमेदले सर्वाधिक ३ विकेट लिएका थिए । डकवर्थ लुईस (डिएल) का आधारमा भारतले २ सय ५५ रनको लक्ष्य पाएको थियो । बर्षाका कारण खेल ३५ ओभरमा झारिएको थियो ।

भारतले ३२.३ ओभरमा ४ विकेट गुमाएर २ सय ५६ रन बनाउँदै लक्ष्य पुरा गर्यो । भारतको जीतमा कप्तान विराट कोहलीले शतक प्रहार गरे । योसँगै उनले करियरको ४३ औ शतक पुरा गरिसकेका छन् । २ शतक प्रहार गरेका कप्तान कोहली ‘म्यान अफ दी सिरिज’ घोषित भएका छन् ।

यस्तै, भारतका श्रेयस अयरले लगातार दोस्रो म्याचमा अर्धशतक प्रहार गर्दै ६५ रन बनाए । सिरिज अन्तर्गत पहिलो खेल बर्षाका कारण रद्व भएको थियो । दोस्रो खेलमा भारतले डकवर्थ लुईसका आधारमा ५९ रनले जीतेको थियो । भारतले वेस्टविरुद्वको पछिल्ला पाँच भिडन्तमा जित निकाल्न सफल भएको छ ।

यसअघि टि–२० शृङ्खलामा क्लिन स्विप गरेको भारतले एकदिवसीय शृङ्खलामा पनि जीत हात पारेको छ भने अब वेष्ट इन्डिजसँग २ खेलको टेस्ट खेल खेल्नेछ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  १० : ०८ बजे

फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

कास्की– पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिरकाे पुनर्निर्माण

बालेनविरुद्ध सुकुम्बासी उचाल्दै दुर्गा प्रसाईं (तस्बिर)

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा आइतबार सुनको मूल्य केही बढेको छ ।

प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल

मेसीको दुई गोलमा इन्टर मियामीको शानदार जित

काठमाडौं – लियोनेल मेसीको शानदार प्रदर्शनमा एमएलएस कपमा इन्टर मियामीले