नेपाल वायुसेवा निमगको जापान उडान निश्चित « Khabarhub

नेपाल वायुसेवा निमगको जापान उडान निश्चित


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायुसेवा निगमको जापानी शहर ओशाकाको उडान निश्चित भएको छ । सर्वोच्च अदालतले देवमान हिराचनको रिटमा जारी अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश गरेसँगै निगमको ओशाका उडान निश्चित भएको हो ।

वायुसेवा निगमले जापानको ओशाका उडानका लागि नयाँ टिकेट बिक्रेता नियुक्त गरेपछि हिराचन सर्वोच्च गएका थिए । हिराचनको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले नयाँ टिकेट बिक्रेता नियुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न भन्दै निगमका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशपछि निगमले पुनरावलोकन रिट दायर गरेको थियो ।

निगम र हिराचनको रिटमाथि संयुक्त रुपमा सुनुवाइ गर्दै बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र वमकुमार श्रेष्ठको इजलाशले निगमका पक्षमा आदेश जारी गरेको हो ।

यसअघि हिराचन नेपाल वायुसेवा निगमको जापान प्रतिनिधि थिए । आफूलाई नै जनरल सेल्स एजेन्ट (जीएसए) तोकिनुपर्ने माग गरेपछि निगमले उनलाई जापान प्रतिनिधिबाट हटाएको थियो ।

हिराचनलाई हटाएर निमगले ओशाका उडानका लागि टिकट बिक्री गर्ने एजेन्टका रुपमा एआइजे कम्पनीलाई नियुक्त गरेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  १० : ४८ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पत्रकार किशोर श्रेष्ठको घरमा मध्यरातमा छापा, ल्यापटप र मोबाइल जफत, पत्रकार आन्दोलित

काठमाडौँ – बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिका सम्पादक एवं

एस्टन भिल्लालाई २-१ ले हराउँदै पिएसजीले जित्यो युइएफए सुपर कप

अस्ट्रिया – डेजिरे दुएको निर्णायक गोलको मद्दतले एस्टन भिल्लालाई २–१

मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल