नेपाल वायुसेवा निमगको जापान उडान निश्चित « Khabarhub

नेपाल वायुसेवा निमगको जापान उडान निश्चित


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायुसेवा निगमको जापानी शहर ओशाकाको उडान निश्चित भएको छ । सर्वोच्च अदालतले देवमान हिराचनको रिटमा जारी अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश गरेसँगै निगमको ओशाका उडान निश्चित भएको हो ।

वायुसेवा निगमले जापानको ओशाका उडानका लागि नयाँ टिकेट बिक्रेता नियुक्त गरेपछि हिराचन सर्वोच्च गएका थिए । हिराचनको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले नयाँ टिकेट बिक्रेता नियुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न भन्दै निगमका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशपछि निगमले पुनरावलोकन रिट दायर गरेको थियो ।

निगम र हिराचनको रिटमाथि संयुक्त रुपमा सुनुवाइ गर्दै बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र वमकुमार श्रेष्ठको इजलाशले निगमका पक्षमा आदेश जारी गरेको हो ।

यसअघि हिराचन नेपाल वायुसेवा निगमको जापान प्रतिनिधि थिए । आफूलाई नै जनरल सेल्स एजेन्ट (जीएसए) तोकिनुपर्ने माग गरेपछि निगमले उनलाई जापान प्रतिनिधिबाट हटाएको थियो ।

हिराचनलाई हटाएर निमगले ओशाका उडानका लागि टिकट बिक्री गर्ने एजेन्टका रुपमा एआइजे कम्पनीलाई नियुक्त गरेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  १० : ४८ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार