आजदेखि आर्यन र स्वस्तिमाको ‘हजार जुनीसम्म’ « Khabarhub

आजदेखि आर्यन र स्वस्तिमाको ‘हजार जुनीसम्म’


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘हजार जुनीसम्म’ रक्षाबन्धनको अवसर पारेर आज बिहीबारदेखि प्रदर्शनमा आएको छ । जबकि, नेपालमा शुक्रबारदेखि चलचित्र प्रदर्शन हुने चलन छ ।

आर्यन सिग्देलको केन्द्रीय भूमिका रहेको यो फिल्म नेपालभर एकसाथ प्रदर्शनमा आएको हो ।

विकास राज आचार्यले निर्देशन गरेको यो फिल्ममा स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेस प्रधान, सञ्चिता लुइँटेल, शिवहरि पौडेल लगायतका कलाकारको शीर्ष भूमिका छ ।

पुरुषोत्तम प्रधानले छायांकन गरेको यो फिल्मले मल्टिप्लेक्समा समेत राम्रो शो पाएको छ । आर्यन र स्वस्तिमाको स्टारडमका कारण पनि फिल्मले हलसम्म दर्शक तान्ने अनुमान गरिएको छ । लभस्टोरी जानरामा निर्माण भएको यो फिल्मले रिलिजअघि राम्रै चर्चा बटुलेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ११ : ०३ बजे

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका

देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी पूरा

तनहुँ – माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा

अब चीनमा एआई मोडलबाट शेयर बजारको भविष्यवाणी र विश्लेषण

पेइचिङ – चीनले पहिलोपटक कृत्रिम बौद्धिकता (एआई) मोडल सार्वजनिक गरेको

सिन्धुलीमा बैंक लुटपाट : कर्मचारीलाई बाँधेर गार्डको हात काटियो, स्थानीयले भेटे बोरामा पैसा

काठमाडौं – सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ।