सायद त्यो हेल्मेट अब क्रिस गेलको टाउकोमा फर्किने छैन ! « Khabarhub

सायद त्यो हेल्मेट अब क्रिस गेलको टाउकोमा फर्किने छैन !


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इंग्ल्याण्डमा सम्पन्न एकदिवसीय क्रिकेट विश्वकपपछि सन्यासको घोषणा गर्ने तयारी गरेका क्यारेबियन टोली वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले आफ्नो सन्यासको मिति सारेका थिए । त्यतिबेला गेलले भनेका थिए.,‘म भारतविरुद्धको एकदिवसीय शृङ्खलापछि एकदिवसीय क्रिकेट शृङ्खलाबाट बिदा लिन सक्छु ।’

तर, बुधबार गेलले वेस्ट इन्डिजबाट भारतविरुद्धको तीन खेलको शृङ्खलामा मैदान उत्रिदै उत्कृष्ट ब्याटिङ गरे । ७२ रन बनाए पनि टोलीलाई जीत दिलाउन अअसफल रहे ।

भारतविरुद्ध तुफानी ब्याटिङ गरेका गेलले पेभेलियन फर्किने बेला आफ्नो हेल्मेटलाई ब्याटमा झुण्ड्याउँदै मैदान फर्किए । मैदानबाट पेभेलियन फर्किँदा गेलले विपक्षी टोलीका कप्तान विराट कोहलीलाई अंकमाल समेत गरे । कोहलीसँग छुटिएपछि उनले आफ्नो हेल्मेटलाई ब्याटमै झुण्ड्याएर पवेलियन पुगे । उनको संकेत थियो सायद– अब त्यो हेल्मेट उनको टाउकाबाट सधैंका लागि अलग हुन लागेको हो !

उनले आफ्नो ब्याटिङ शैलिमा भारतविरुद्धको आफ्नो अन्तिम एकदिवसीय खेल खेलिसकेका छन् । खेलका दौरान कमेन्टेटरले भनेका थिए, ‘जुन कुरा हामीलाई थाहा हुँदैन्, त्यो खेलाडीलाई थाहा हुन्छ । गेलले आफ्नो अन्तिम खेल भनेर घोषणा त गरेका छैनन् । तर, विराट कोहलीसँगै रोएल च्यालेन्जर्स बैंङ्लोरबाट गेलसँगै खेल्ने गरेका छन् ।’

त्यसोत, एक भनाइ पनि छ, क्रिस गेलको सन्यास लिएको विश्वास तब सम्म नगर्नु जबसम्म उनी आफैं घोषणा गर्दैनन् । यसअघि उनले विश्वकप पछि सन्यास लिने बताएका थिए । त्यसपछि भने, ‘भारतविरुद्धको एकदिवसीय श्रृङ्खला पछि लिन्छु ।’

३९ बर्षीय गेल यसअघि फर्ममा थिएनन् । तर, तीन खेलको श्रृङ्खलाको अन्तिम खेलमा बुधबार भारतविरुद्ध जुन शैलिमा ब्याटिङ खेले यस्तो लाग्थ्यो कि उनी यो खेललाई सम्झनलायक बनाउन चाहन्छन् ।

उनले ४१ बलमा ७२ रन प्रहार गरे । ५ छक्का प्रहार गरेको यो पारीमा गेलले १ सय ७५ को स्टाइक रेटमा खेले । ७२ रन बनाएका उनले ६२ रन छक्का र चौकामार्फत जोडेका थिए । अन्तिममा उत्कृष्ट ब्याटिङ गरिरहेका गेल खलिल अहमदको बलमा कप्तान विराटको हातबाट क्याच भएर पवेलियन फर्किएका थिए ।

भारतविरुद्धको बुधबारको खेल उनले अन्तिम एकदिवसीय खेल थियो, त्यसको संकेत उनको जर्सिमा पनि देखाइएको थियो । जसमा उनले ३०१ नम्बर लेखेको जर्सी लगाएका थिए । भारतसँगको अन्तिम खेल उनले एकदिवसीय करियरको ३०१ औं खेल हो । ३०१ नम्बरको विशेष जर्सि गेलका लागि बनाइएको थियो, अन्य समयमा उनी ४५ नम्बर जर्सीमा मैदान उत्रिने गरेका थिए ।

भारतसँगको श्रृङ्खलापछि गेल बार्यन लारालाई पछि पार्दै वेस्ट इन्डिजका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् ।

इएसपीएन क्रिक इन्फोका अनुसार गेलले भारतविरुद्ध आफ्नै शहर किंग्स्टनमा हुने टेस्ट खेल खेल्न सक्छन् । तर, एकदिवसीय श्रृङ्खलाअन्तर्गत भने बुधबारको खेल नै अन्तिम हुने अनुमान लगाइएको छ ।

अन्तिम खेलमा गेलले जोडेको रनलाई लिएर सामाजिक सञ्जलामा चर्चा भइरहेको छ । उनका समर्थक र क्रिकेट जानकारहरु उनलाई शुभकामना दिइरहेका छन् । यसैक्रममा कमेन्टेटर आकाश चोपडाले लेखेका छन्, ‘आफ्नो अनौठो अनुमानमै विदा लियौ । क्रिस गेलले आफ्नो अन्तिम खेलमा पनि राज गरे ।’

यस्तै, क्रिकेट एक्सपर्ट हर्ष भोगलेले लेखेका छन्, ‘लाग्दैछ युनिर्भसल बोसको धमाकेदार विदाई भएको छ । क्रिस गेल र उनले यो पारी त्यसैगरि खेलेका छन् जुन नामले हामी उनलाई सम्झिरहने छौं ।’

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  २ : २५ बजे

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान

तनहुँमा आइपुग्यो मतपत्र

दमौली– यही फागन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर–  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ ।

पल शाहको जन्म दिन पारेर ‘आबाट आमा’को सिक्वेल घोषणा, दशैँमा प्रदर्शन

काठमाडौं – नायक पल शाहको जन्म दिन पारेर आइतबार फिल्म

टाटा कमर्सियल गाडीको सुरक्षित यात्राको लागि आजबाट होली सर्भिस क्याम्प

काठमाडौं– होली पर्व नजिकिँदै गर्दा टाटा कमर्सियलले ग्राहकलाई आजदेखि १५ गते