भारतले मनायो ७३ औं स्वतन्त्रता दिवस « Khabarhub

भारतले मनायो ७३ औं स्वतन्त्रता दिवस


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतले बिहीबार ७३ औं स्वतन्त्रता दिवस मनाएको छ । सन् १९४७ मा बेलायती साम्राज्यबाट स्वतन्त्रता पाएको सम्झनामा भारतले हरेक वर्ष १५ अगस्टका दिन स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।

स्वतन्त्रता दिवसका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा रहेको लालकिल्लाबाट सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले भारतमा अब ‘एक देश, एक निर्वाचन’ को अवधारणा लागू हुने घोषणा गरे ।

सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले चुनावमा गरिने सुधारका बारेमा बहस आवश्यक रहेकामा जोड दिएका हुन् ।

एक भारत, श्रेष्ठ भारतको सपना पूरा गर्न आवश्यक कदमहरु चाल्नुको विकल्प नरहेको भन्दै प्रधानमन्त्री मोदीले कश्मीरका विषयमा लिइएको निर्णय पनि त्यसैको एक हिस्सा भएको टिप्पणी गरे ।

उनले यससँगै एक देश, एक संविधान हासिल भएको र भारतले यसप्रति गर्व गर्ने बताए ।

सम्बोधनका क्रममा उनले जम्मू कश्मीर र लद्दाखमा रहेको पुरानो व्यवस्थाले भ्रष्टाचार, नातावाद र अन्याय मात्र बढाएको बताउँदै पुरानो व्यवस्थाबाट महिला, बालबालिका, दलित, आदिवासी समुदाय अधिकारबाट बञ्चित भएको दोहो¥याए ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  २ : ५६ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग