शालिकराम मृत्यु प्रकरणः नाम जोडिएकी अस्मितालाई प्रहरीले पक्राउ गर्‍यो « Khabarhub

शालिकराम मृत्यु प्रकरणः नाम जोडिएकी अस्मितालाई प्रहरीले पक्राउ गर्‍यो


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार शालिकराम पुडासैनीले चितवनमा आत्महत्या गरेको प्रकरणमा भिडियो सार्वजनिक भएसँगै घटनामा नाम जोडिएकी ओखलढुंगाकी युवती अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

मृतक पुडासैनीले प्राण त्याग्नु अघि रेकर्ड गरेको भिडियोमा नर्ससमेत रहेकी कार्कीको नाम जोडिए पनि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर मल्लले अनुसन्धानका लागि अस्मितालाई नियन्त्रणमा लिएको बताए ।

मल्लले खबरहब सँगको कुराकानीमा भने, ‘अहिले अस्मितालाई नियन्त्रणमा लिएर भरतपुर ल्याएका छौं र भिडियोमा नाम जोडिएका अन्य व्यक्तिलाई पनि निगरानीमा राखेका छौं आवश्यक अनुसार नियन्त्रणमा लिएर अनुसन्धान गर्छौं ।’

आत्महत्या गर्नुअघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए । पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेको थियो ।

पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै बुधबार सार्वनजिक भएपछि उनको मृत्यु प्रकरण रहस्यमय बन्दै गएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ५ : ०५ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी