शालिकराम मृत्यु प्रकरणः नाम जोडिएकी अस्मितालाई प्रहरीले पक्राउ गर्‍यो « Khabarhub

शालिकराम मृत्यु प्रकरणः नाम जोडिएकी अस्मितालाई प्रहरीले पक्राउ गर्‍यो


३० श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार शालिकराम पुडासैनीले चितवनमा आत्महत्या गरेको प्रकरणमा भिडियो सार्वजनिक भएसँगै घटनामा नाम जोडिएकी ओखलढुंगाकी युवती अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

मृतक पुडासैनीले प्राण त्याग्नु अघि रेकर्ड गरेको भिडियोमा नर्ससमेत रहेकी कार्कीको नाम जोडिए पनि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर मल्लले अनुसन्धानका लागि अस्मितालाई नियन्त्रणमा लिएको बताए ।

मल्लले खबरहब सँगको कुराकानीमा भने, ‘अहिले अस्मितालाई नियन्त्रणमा लिएर भरतपुर ल्याएका छौं र भिडियोमा नाम जोडिएका अन्य व्यक्तिलाई पनि निगरानीमा राखेका छौं आवश्यक अनुसार नियन्त्रणमा लिएर अनुसन्धान गर्छौं ।’

आत्महत्या गर्नुअघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए । पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेको थियो ।

पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै बुधबार सार्वनजिक भएपछि उनको मृत्यु प्रकरण रहस्यमय बन्दै गएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहिबार  ५ : ०५ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट