विमान चरासँग ठोक्किएपछि मकैबारीमा अवतरण « Khabarhub

विमान चरासँग ठोक्किएपछि मकैबारीमा अवतरण


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसमा २३३ यात्री बोकर उडेको यात्रुवाहक विमानमा एक्कासी चरा ठोक्किएपछि दुर्घटना हुन लागेको विमानलाई मकैबारीमा आकस्मिक अवतरण गरिएको छ ।

मस्को शहरको जुकोभ्स्की विमास्थलबाट क्राइमियाका लागि उडान भरेको विमान विमानस्थलबाट एक किलोमीटर मात्र पर पुगेका बेला यसमा चरा ठोकिएको थियो । चरा ठोकिएपछि असन्तुलित बनेर दुर्घटना हुन लागेको विमानलाई चालकले मकैबारीमा आकस्मिक अवतरण गराएका थिए ।

विमानस्थलको धावनमार्गबाट केही पर रहेको मकैबारीमा सो विमान अवतरण गराउनु परेको युराल एयरलाइन्सले जनाएको छ । आकस्मिक अवतरणका क्रममा २३ यात्री घाइते भएका बताइएको छ । युराल एयरलाइन्सको यस विमानमा २ सय २६ जना यात्रु र सात चालकदलका सदस्य रहेका रुसी हवाई उड्ययन अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ६ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै