उडान ढिला गरेपछि पर्यटनमन्त्रीविरुद्ध जहाजभित्रै यात्रुको आक्रोश, मन्त्रीले मागे माफी | Khabarhub Khabarhub

उडान ढिला गरेपछि पर्यटनमन्त्रीविरुद्ध जहाजभित्रै यात्रुको आक्रोश, मन्त्रीले मागे माफी


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई यात्रुले नेपालगञ्ज विमानस्थलमा जहाज भित्रै घेराउ गरेका छन् ।

मन्त्रीकै कारण विमानको उडान एक घण्टा ढिलो भएको भन्दै उनीहरुले मन्त्री भट्टराईलाई घेराउ गर्दै आक्रोश पोखे । उनीहरुले मन्त्रीसँग तत्काल स्पष्टिकरण समेत मागेका थिए ।

जहाजमा मन्त्रीमाथि गरिएको विरोधको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियमा यात्रुले मन्त्रीको चर्को विरोध गरेका छन् ।

मन्त्रीले भने यस विषयमा भिडियोमा केही नबोले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो कारणले यात्रुमा पर्न गएको असुविधाप्रति क्षमा मागेका छन् ।

मन्त्री भट्टराईले लेखेका छन्–

‘आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डल्फिन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केही ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोलि प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमाण्डौं फर्कनै पर्ने दबाबमा म थिए । नेपालगंज बिमानस्थलमा ३–४ जना व्यक्तिहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । एक जनाले पारसकाबिरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहालेँ । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु । मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।’

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ७ : ०८ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ