उडान ढिला गरेपछि पर्यटनमन्त्रीविरुद्ध जहाजभित्रै यात्रुको आक्रोश, मन्त्रीले मागे माफी « Khabarhub

उडान ढिला गरेपछि पर्यटनमन्त्रीविरुद्ध जहाजभित्रै यात्रुको आक्रोश, मन्त्रीले मागे माफी


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई यात्रुले नेपालगञ्ज विमानस्थलमा जहाज भित्रै घेराउ गरेका छन् ।

मन्त्रीकै कारण विमानको उडान एक घण्टा ढिलो भएको भन्दै उनीहरुले मन्त्री भट्टराईलाई घेराउ गर्दै आक्रोश पोखे । उनीहरुले मन्त्रीसँग तत्काल स्पष्टिकरण समेत मागेका थिए ।

जहाजमा मन्त्रीमाथि गरिएको विरोधको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियमा यात्रुले मन्त्रीको चर्को विरोध गरेका छन् ।

मन्त्रीले भने यस विषयमा भिडियोमा केही नबोले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो कारणले यात्रुमा पर्न गएको असुविधाप्रति क्षमा मागेका छन् ।

मन्त्री भट्टराईले लेखेका छन्–

‘आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डल्फिन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केही ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोलि प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमाण्डौं फर्कनै पर्ने दबाबमा म थिए । नेपालगंज बिमानस्थलमा ३–४ जना व्यक्तिहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । एक जनाले पारसकाबिरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहालेँ । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु । मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।’

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ७ : ०८ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,