कुकुर पाल्न लाइसेन्स अनिवार्य ! « Khabarhub

कुकुर पाल्न लाइसेन्स अनिवार्य !


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुकुर इमान्दार र वफादार जनावर हो । घर तथा घरका सदस्यहरुको राम्रोसँग रेखदेख गर्ने भएका कारण प्रायः मानिसहरुले घरमा कुकुर पाल्ने गर्छन् ।

कुकुर पालनको सौखिन हुनुहुन्छ भने अब लाइसेन्स आवश्यक पर्ने भएको छ। तर यो नियम नेपालका लागि भने होइन । भारतको उत्तरप्रदेशस्थित गाजियावादमा कुकुर पाल्नका लागि लाइसेन्स अनिवार्य लिनुपर्ने नियम बनाइको हो ।

गाजियावादका घरपरिवार जसले कुकुर पाल्न चाहन्छन् उनीहरुले अब नगर निगममा पाँच हजार भारतीय रुपैयाँ जम्मा गरेर लाइसेन्स लिनुपर्ने छ। लाइसेन्सविना उक्त क्षेत्रमा कुकुर पाल्न निषेध गरिएको छ।

त्यस्तै कुकुरले सडक या पार्कमा दिशापिसाब गरे पाँच सय भारतीय रुपैयाँ जरिवानासमेत दिनुपर्ने नियम पनि बनाइएको छ।
छाडा कुकुरको संख्या बढ्दै गएपछि र वाहिरी वातावरणमासमेत दुर्गन्ध फैलन थालेपछि उक्त क्षेत्रमा यस्तो नियम ल्याइएको गाजियावाद स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ८ : ५२ बजे

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले