मलेसियामा २ नेपाली पक्राउ « Khabarhub

मलेसियामा २ नेपाली पक्राउ


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसियामा दुई नेपाली पक्राउ परेका छन् । ७ वटा कृषि फार्ममा गरिएको खोजतलाशका क्रममा अन्य ३७ सहित दुई नेपाली पनि पक्राउ परेको हुन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरु अवैधानिक रुपमा मलेसियामा बस्दै आएको मानिस हुन् ।

क्यामरन हाइल्याण्डमा गरिएको प्रहरी खोजतलाशका क्रममा उनीहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैभन्दा धेरै १७ जना भारतीय, १२ जना वंगलादेशी, सात जना म्यानमार, दुई नेपाली र अन्य एकजना रहेको जनाइएको छ ।

खोजतलाश शुरु भएपछि भाग्न थालेकाहरुलाई घेरा हालेर पक्राउ गरिएको जनाइएको छ । उनीहरुलाई थुनुवा केन्द्रमा पठाइएको र अनुसन्धान सुरु भएको समाचारमा जनाइएको छ । सो क्रममा ६ जना रोजगारदातालाई समेत कारवाही हुने जनाइएको छ ।

अवैधानिक रुपमा बसिरहेकाहरुलाई स्वदेश फर्किने अवसर स्वरुप हाल व्याक फर गुड कार्यक्रम सञ्चालन गरिरहेको छ जस अन्तर्गत निवेदन दिएर न्यून जरिवाना तिरेर स्वदेश फर्किन पाइन्छ ।

मलेसियास्थीत नेपाली दूतावासले सो अवसरको सदुपयोग गर्न पटक पटक आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १० : १८ बजे

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र