१६ वर्षीय फातिले शुरुवाती गोल गर्दा बार्सिलोना विजयी « Khabarhub

१६ वर्षीय फातिले शुरुवाती गोल गर्दा बार्सिलोना विजयी


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– १६ वर्षीय स्टार अंशु फातिको शुरुवाती गोलमा बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध शानदार जित हात पारेको छ । क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले भ्यालेस्नियालाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाका लागि युवा स्टार फाति र फान्कि डि जोङले खेलको शुरुवाती १० मिनेटमा नै टिमलाई भ्यालेन्सियाविरुद्ध २–० को अग्रता दिलाएका थिए । त्यस्तै, जेराड पिके एक र लुइस स्वारेजले २ गोल गरे । यता बार्सिलोनाविरुद्ध भ्यालेन्सियाका केभिन गमियरो र मासिमिलियानो गोमेजले २ गोल फर्काएका थिए ।

बार्सिलोनाका लागि फातिले दोस्रो मिनेटमै र डि जोङले ७ औं मिनेटमा गोल गर्दै २–० को अग्रता बनाइरहँदा भ्यालेन्सियाका केभिन गमियरोले २७ मिनेटमा गोल गर्दै बार्सिलोनासँगको अग्रता घटाएका थिए ।

पहिलो हाफमा २–१ अवस्थामा रहेको खेलमा बार्सिलोनाका जेराड पिके ५१ औं मिनेटमा गोल गर्दै अग्रता बढाएका थिए त्यस्तै, खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका लुइस स्वारेजले खेलको ६१ औं र ८२ औं मिनेटमा गोल गर्दै टिमलाई ५–१ को फराकिलो अन्तर बनाएका थिए ।

बार्सिलोनाविरुद्ध खेलको इन्जुरी समयमा भ्यालेन्सियाका गोमेजले गोल गर्दै टिमका लागि अग्रता घटाएपनि हारबाट जोगाउन भने समेनन् ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ११ : ११ बजे

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार