ट्याक्सीका यात्रुले चालकलाई कुटपिट गरि लगे ट्याक्सी, पैसा र मोबाइल पनि छाडेनन् « Khabarhub

ट्याक्सीका यात्रुले चालकलाई कुटपिट गरि लगे ट्याक्सी, पैसा र मोबाइल पनि छाडेनन्


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्याक्सीमा सवार यात्रुले नै चालकलाई कुटपिट गरी लुटपाट गरेका छन् ।

बुढानिलकण्ठ नगरपालिका-१३ गाम्चापुल नजिकबाट बा.१ ज ९०४१ नम्बरको ट्याक्सी चालक काठमाडौं महाँकाल बस्ने ओखलढुङगाका ३८ वर्षीय पूर्ण बहादुर तामाङको नगद ५ हजार रुपैयाँ र एक थान मोबाइल आइतबार बिहान लुटपाट भएको छ ।

काठमाडौं सामाखुसीबाट तामाङको ट्याक्सीमा सवार अपरिचित ३ जनाले उनलाई गाम्चापुल नजिक पुर्‍याई कुटपिट गरी साथमा रहेको उक्त नगद र मोबाइल लुटपाट गरी ट्याक्सी समेत लिई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले सामाखुशीमा रोकी राखेको अवस्थामा ट्याक्सी फेला पारेको छ ।

लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १२ : ३७ बजे

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर