बाल यौनदुर्व्यवहार र मानसिक समस्या « Khabarhub

बाल यौनदुर्व्यवहार र मानसिक समस्या



काठमाडौं-बालबालिकामा पनि विभिन्न कारणले मानसिक समस्या देखिने गरेको छ ।

त्यसमध्ये एउटा खतरनाक कारण यौन दुर्व्यवहार हो । उनीहरुमा गम्भिर यौन दुर्व्यवहार भइरहेको हुन्छ । कतिपय बालबालिकाले त आफूलाई के गरेको हो भन्ने नै बुझेका हुँदैनन्, आफूसँग खेलेको होला भन्ने ठान्छन् भने कतिपयले बुझेर पनि भन्न सकेका हुँदैनन् ।

पीडकले तर्साएर राखेको हुन्छ । उनीहरुमा भयानक पीडा गुम्सिएको हुन्छ र पछि मानसिक रोगको रुपमा देखापर्छ । के कारणले यस्तो भयो भन्नेतिर बाबु आमाले खोजी गरेका हुँदैनन् । हाम्रो समाज यसतर्फ त्यत्ति सचेत छैन ।

मेरा एक जना अमेरिकन बाल मनोरोग विशेषज्ञ साथी नेपाल आएका थिए । त्यसवेला केही दिन हामी सँगै रह्यौँ । यस सन्दर्भमा धेरै व्यावसायिक कुराहरु भए ।

उनले भनेका थिए, ‘हेर, तनावबाट श्रृजित मानसिक रोग भएका ९० प्रतिशत बच्चाहरुमा यौन दुर्व्यवहार भएको हुन्छ । बाँकि १० प्रतिशतमा पनि समस्या हुनसक्छ, हामीले खोतल्न नसकेको मात्र हो । उनको यो कुरा सुनेर साँच्चै म घोत्लिएँ । मैले उसलाई के मेरो प्राक्टिसमा यो कुरा पनि व्यवहारमा प्रयोग गर्न सक्छु त ? भनेर सोद्धा उनले ‘गर्नै पर्छ’ भने ।

मैले ‘अमेरिकामा जस्तो यहाँ समस्या छैन होला’ भनेँ । उनले भने, ‘यो समस्या ‘संसारका सवै मुलुकमा छ । मानिस भनेको संसारभरको एकै हुन्छ । तिमिहरु कहाँ वास्ता नगरेको मात्र हो । बच्चा भनेको संसारभर एकै हो, उनीहरुले प्रतिवाद गर्न सक्तैनन् । कतिपयले यो मलाई के गर्दैछ भन्ने कुरा बुझ्दैनन् पनि । जव उनीहरुले बुझ्न थाल्छन् त्यसपछि उनीहरुमा पीडा हुन्छ । उसले आफूमाथि नै गल्ति देखाउँछ, हीनताबोध हुन्छ, आफैँले अपराध गरेको अनुभव हुन्छ ।’

आफूमाथि अरुले अपराध गरेको भए पनि उनीहरुले आफू बुझ्ने भए पछि मैले यो गल्ति गरेँ भनेर पछुताउने गर्छन । त्यसकारण तिमीले यो गुम्सिएर बसेको कुरालाई जति छिटो फुकाइदियो त्यति राम्रो हुन्छ ।’

उनले यो कुरा भनेपछि मलाई पनि अलि आँट आयो र यस वारेमा अलिबढी सोधपुछ गर्न थालेँ । पहिला त मलाई यो कुरा उठाउन अप्ठ्यारो हुन्थ्यो । उनीहरुले गलत रुपमा लिने हुन कि, भनेर सोच्थेँ । ‘डाक्टरले हाम्रो बच्चालाई किन यस्तो शंका गर्‍यो भन्ने हुन कि भन्ने लाग्थ्यो । मिल्ने सन्दर्भ छ भने मात्र सोधपुछ गर्थेँ ।

आजकल त यो वारेमा सधैँ सोध्ने गर्छु । ‘तपाईँलाई नपरेको होला तर समाजमा यस्ता समस्या छन् है’ भनेर सचेत गराउने गर्छु ।

केटाकेटीलाई पनि तिम्रा नातेदार, छिमेकी वा अरु ठूलाबडाहरुले तिमीलाई मन नपर्ने किसिमको व्यवहार गरेका छन् कि भनेर सोद्धा उनीहरुले कहिल्यै पनि नकारात्मक रुपमा लिदैनन् ।

शुरुमा कोही कोही बच्चा चुप लागे पनि दोस्रो, तेस्रो पटकमा खुल्छन् । यस्तो यौन दुर्व्यवहार भएको शंका नगरी सोधेमा पनि कहिलेकाहिँ बच्चाहरु आफैँले यस्ता कुरा भनिदिन्छन् । आफ्नो समस्या सोधिदिएकोमा बरु उनीहरु खुसी हुने गर्छन् ।

अधिकांशको समस्या सामान्य खालकै हुन्छन् तर आपत्तिजनक । बच्चाहरुसँग गर्न नहुने व्यबहार भएको हुन्छ ।

हाम्रो समाजमा के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने सामाजिक नियम खासै छैन । अमेरिका या अरु पश्चिमा देशमा बाटोमा हिँडिरहेको साथीको वा चिनजान भएको मानसको बच्चालाई छोएर आहा कस्तो राम्रो, क्युट बच्चा भनेर छुने या मायाँ देखाउने गर्‍यो भने त्यो व्यवहार आपत्तिजनक मानिन्छ । बच्चालाई अनुहारमा स्पर्श गर्ने, अंगालो हाल्ने, काखमा लिने, म्वाइ खाने गरेमा त्यो त पुलिस केस नै हुनसक्छ ।

कसैको अपरिचित बच्चालाई पनि क्वारक्वार्ती हेर्न बानी हुन्छ, त्यो राम्रो मानिदैन । नचिनेको बच्चालाई बस वा ट्रेनमा बस्दा हेरिरह्यो भने प्रहरी बोलाउनेसम्म गर्छन् ।

हामीकहाँ १०(१२ वर्षका बच्चाहरुलाई नातेदार, चिनजानको वल्लोपल्लो घरमा विश्वास गरेर छोड्छौँ । विकसित देशमा त्यस्तो गरिदैन, बच्चाको लागि खतरा मानिन्छ । यहाँ पनि हामीले विचार गर्ने बेला आइसकेको छ ।

समाजमा यस्ता थुप्रै घटनाहरु गुम्सिएर बसेका छन् । अहिले सञ्चार माध्यम, इन्टरनेटले गर्दा केही घटनाहरु बढी घट्छन् र केही मात्र बाहिर आएका छन् । तर यी समस्या पहिले देखि नै थुप्रै रहेका छन् । पहिले बाहिर आउँदैनथ्यो । थाहा पाए पनि परिवारले गुपचुप राख्थे ।

आफ्नो मान्छे भन्दैमा जसलाई पनि विस्वास गरिहाल्न सकिदैन । सवैको मन एक नास हुँदैन । विश्वास गरेको मानिस रिसाएको वेला, रक्सी खाएको वेला, मुड ठीक नभएको वेला केही गरिदेला, त्यसको आघात बच्चालाई पर्छ ।

कहिलेकहिँ हामी विवेक गुमाउँछौ, हाम्रा मानवीय कमजोरीहरु हुन्छन्, त्यसको शिकार बच्चा हुनुहुँदैन । क्लिनिकमा आउनेहरुलाई यी कुरा सम्झाउँदा आमाहरुले छिटो बुझ्छन्, किन भने कतिपयले त्यो भोगीसकेका हुन्छन् ।

अहिले गाउँघरमा पनि बोर्डिङमा राख्ने फेसन नै चलेको छ । बच्चाहरुलाई बोडर्स गर्न प्रोत्साहित गर्छन । यस्ता बच्चाहरुमा यो समस्या धेरै देखिन्छ ।

सिनियरहरुबाट र शिक्षकहरुबाट पनि बच्चाहरुमा यौनदुर्व्यवहार भएको पाइएको छ । होस्टलमा शिक्षकहरुबाट प्रताडित भएका थुप्रै केशहरु छन् ।

एकपटक कसैबाट प्रताडित भएको बच्चा अन्य ठाउँहरुमा पनि पटक पटक प्रताडित भएको देखिन्छ । उसको व्यवहारबाट झल्किन्छ वा के हुन्छ थाहा छैन तर पटक पटक शिकार भएको पाइन्छ ।

एउटै बच्चा थरीथरीको मानिसबाट प्रताडित भएको पाइएको छ । सानोबाट पीडित हुन शुरु गरेको आफ्नो संरक्षण गर्न सक्ने अवस्था नभएसम्म यो समस्या देखिएको छ । यसमा बाबुआमा अभिभावक बढी सचेत हुन आवश्यक छ ।

मञ्जरी पब्लिकेसनबाट प्रकाशित ‘मानसिक स्वास्थ्यका विविध अनुभव’बाट

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १२ : ३६ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल