विभिन्न स्थानमा सवारी दुर्घटना– पाँच जनाको मृत्यु « Khabarhub

विभिन्न स्थानमा सवारी दुर्घटना– पाँच जनाको मृत्यु


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपिलवस्तु, बाणगंगा नगरपालिका-१ बुङ्चिस्थित पूर्वपश्चिम राजमार्गमा लु.३ त ७२७२ नम्बरको ट्याक्टर शनिबार साँझ खाल्डोमा पल्टिँदा गम्भीर घाइते भएका ट्याक्टर चालक २७ वर्षीय रामु थारु र सोही ठाउँ बस्ने १७ वर्षीय रंजित बोटेको सामुदायिक अस्पताल पिपरामा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका अन्य ३ जनालाई उद्धार गरी उपचारको लागि सामुदायिक अस्पताल पिपरा पठाइएकोमा थप उपचारको लागि लुम्विनी सिटी अस्पताल बुटवल रिफर गरिएको छ ।

सर्लाही, बागमती नगरपालिका-८ गिरिटोलस्थित सडकमा बा.३१ प ६८०२ नम्बरको मोटरसाइकलले शनिबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ५० वर्षीय पैदलयात्री ईन्द्रबहादुर कुशवारको एडभांस संजिवनि अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

चितवन, कालिका नगरपालिका-७ गैडाखोलास्थित सडकमा ना.३ त १३३५ नम्बरको ट्याक्टरले ना.४१ प ९८४९ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय बिकाश श्रेष्ठको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय मुकेस पौडेलको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी चितवन, राप्ती नगरपालिका-४ मार्तल पुलस्थित पूर्वपश्चिम राजमार्गमा युपी २१ सिएन ३१८८ नम्बरको भारतीय ट्रकले ना.१२ प ४९०२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्ती नगरपालिका-६ बस्ने २५ वर्षीय सरोज तामाङको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १२ : ४८ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा