पत्रकार सम्मेलनबाटै 'पक्राउ परे' ज्ञानेन्द्र शाही | Khabarhub Khabarhub

पत्रकार सम्मेलनबाटै ‘पक्राउ परे’ ज्ञानेन्द्र शाही


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । शाहीले आइतबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा झगडा भएपछि सुरक्षाका लागि भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुर प्रहरी परिसरका डीएसपी देवेन्द्र पाण्डले शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हातहालाहालको स्थिति बनेपछि उनको सुरक्षाका लागि नियन्त्रणमा लिइएको जनाए ।

शाहीले आयोजना गरेको पत्रकारसम्मेलनमा उपस्थित भएका र आफूलाई पत्रकार भन्नेहरुले शाहीमाथि हातपात प्रयास गरेका थिए ।

किन आयोजना गरे पत्रकार सम्मेलन ?

शनिवार नेपालगञ्ज विमानस्थनबाट उडान भर्न लागेको बुद्ध एयरको विमान भित्र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि केही यात्रु खनिएको भिडियो सार्वजनिक भएको थियो ।

शाही लगायतका यात्रुले मन्त्रीका कारण एक घन्टा विमान रोकिएको भन्दै मन्त्री भट्टराईमाथि खनिएका थिए ।

काठमाडौं आएसँगै मन्त्री भट्टराईले आफ्ना कारण विमान उडानमा १५ मिनेट ढिलाई भएको र त्यसबारेमा विमान कम्पनीलाई जानकारी गराइएको जनाएका छन् ।

भट्टराईले आफ्ना कारण भएको ढिलाइप्रति माफी मागेका छन् । तर, शाहीले भने विमान १५ मिनेट नभइ एक घन्टा ढिला भएको र मन्त्रीले ढाँटेको भन्दै पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  २ : ०६ बजे

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही