जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण « Khabarhub

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक पूर्वाधार, बजार अनुगमन तथा जलवायु न्यायलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
   
 विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लिमा अधिकारी आचार्यले आर्थिक पुनर्जागरण र पुनर्निर्माणको संकल्प प्रस्ताव सदनबाट पारित गर्न माग गरिन् । 

सभामुखमार्फत सरकारको ध्यानार्कषण गराउँदै निजी क्षेत्रको कमजोर मनोबल उकास्ने वातावरण तत्काल बनाउन तथा आपूर्ति शृङ्खला अवरोधरहित बनाउन, सडक पूर्वाधारमा भएको अवरोध हटाउन २४ घण्टा तीन सिफ्टमा काम गर्नुपर्ने बताइन् ।
    
क्षतिग्रस्त आयोजनाको पुनर्निर्माण, द्रुत बिमा फछ्र्योट, कर्जाको पुनसंरचना तथा पुनर्ताजगीकरण र नीतिगत सहजीकरणका लागि विशेष आर्थिक प्याकेज तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने उनको माग थियो ।
    
यस्तै, नेपाली कांग्रेसका सांसद सीता थपलियाले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा जलवायु न्याय, भोटेकोशी बाढीबाट भएको क्षतिबापत अन्तर्राष्ट्रिय क्षतिपूर्ति, जलवायु उत्थानशील पूर्वाधार तथा जलवायु वित्तलगायतका विषय बलियो रूपमा उठाउने विश्वास व्यक्त गरिन् । 

उनले धादिङको फुर्के खोलामा पुल निर्माण गर्न तथा कृष्णभीरको वैकल्पिक सडक निर्माण गरी सडक अवरुद्ध हुने समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराइन्।
    
विशेष समयमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद चन्देश्वर मण्डलले नजिकिँदो चाडपर्वलाई लक्षित गरी महँगी नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए। उनले हालै भारतमा सम्पन्न ब्रिक्स सम्मेलनमा नेपालको अनुपस्थितिका विषयमा समेत टिप्पणी गरे।  
  

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  २ : ५५ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा