बार्सिलोनाका नयाँ ‘स्टार’ फाति– एक असामान्य व्यक्ति ! | Khabarhub Khabarhub

बार्सिलोनाका नयाँ ‘स्टार’ फाति– एक असामान्य व्यक्ति !


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्पेनिस महारथी बार्सिलोनाले नयाँ स्टारलाई टिममा स्थान दिएको छ । अगस्त २६ मा भएको ला लिगा अन्तर्गतको रियल बेटिससँगको खेलमा बार्सिलोनाले १६ बर्षिय युवा अंशु (अंशुमने) फातीलाई मैदान उतारेको थियो ।

गिनीको बिसाउका फाती बार्सिलोनाको एकेडेमिका खेलाडी हुन् । बार्सिलोनाले उनको ‘क्षमता’ देखेरै एकेडेमिबाट अन्य खेलाडीभन्दा छिटो, त्यो पनि क्लबको कीर्तिमान उमेर समूहमै सिनियर टोलीबाट मैदान उतार्‍यो  ।

रियल बेटिसविरुद्ध १२ मिनेट मात्रै मैदानमा रहेका फातीलाई बार्सिलोनाले लगातार दोस्रो (ओसासुनाविरुद्ध)को खेलमा पनि मैदान उतार्‍यो ।

१६ वर्ष ३ सय १८ दिन उमेरका फातीले सन् १९४१ पछि बार्सिलोनाबाट कम उमेरमा डेब्यू गर्दै गोल गर्ने कान्छा खेलाडी बनेका छन् ।

यसअघि बार्सिलोनाबाट १७ बर्षको उमेरमा स्पेनका मार्क मुनेइसाको नाममा कम उमेरमा डेब्यु गर्ने खेलाडीको ‘रेकर्ड’ थियो ।

तर, सन् १९४१ बर्सिलोनाबाट रियल मड्रिडविरुद्ध खेलेका भिसेनेक मार्टिनेजले १६ बर्ष २सय८० दिनमा बार्सिलोनाबाट डेब्यु गरेका थिए ।

उक्त खेलमा फातीले क्लबको विश्वास पनि जित्यो । त्यतिमात्रै होइन् , विश्व क्लब फुटबलमा एउटा नयाँ सिताराको उदय भएको प्रष्ट पारे ।

ओसासुने विरुद्धको खेलमा बार्सिलोना पहिलो हाफमा १–० गोलले पछि परेको थियो । तर, खेलको ४५ औं मिनेट अर्थात् दोस्रो हाफमा मैदान प्रैवेश गरेका फातीले मिनेटमै क्लबलाई १–१ गोलको बराबरीमा पुर्‍याएका थिए ।

उनले खेलको ५१ औं मिनेटमा टिमका लागि आफ्नो डेब्यु गोल मात्रै गरेनन् बार्सिलोनाका लागि महत्वपूर्ण समयमा गोल गरे ।

बार्सिलोनाका लागि खेलेको दोस्रो खेलमा उनले गोल गरेपछि तेस्रो खेल अर्थात् शनिबार भएको भ्यालेन्सियाविरुद्ध उनले शुरुवाती ११ मै स्थान पाए । मैदानमा खेल शुरु भइरहँदा बार्सिलोनाका मुख्य प्रशिक्षक अर्नेस्टो भाल्भेडोर पनि निकै उत्साहित थिए ।

स्टार खेलाडी तथा कप्तान लियोनल मेस्सी मैदानमा नरहँदा अर्का स्टार लुइस स्वारेज पनि मैदान नउत्रिएको प्लेइङ ११ मा फातीलाई ठूलो जिम्मेवारी दिइएको थियो ।

उनले आफ्नो जिम्मेवारीमात्रै निभाएनन् बार्सिलोनाका लागि आफू तयार रहेको संकेत पनि गरे । फातीले भ्यालेन्सियाविरुद्धको खेलमा २ मिनेटमै गोल गरेर आफ्नो खेल कौशल देखाउँदा मैदान बाहिर रहेका कप्तान मेस्सीसमेत दंग परेका थिए । मेस्सीले मैदान बाहिरै रहेर फातीको गोललाई समर्थन जनाए ।

खेल पछि बोल्दै बार्सिलोनाका प्रशिक्षक भाल्भेडोरले फातीको जसरी कुनै पनि खेलाडीले १६ बर्षको उमेरमा आफ्नो खेल कौशल देखाउन नसकेको बताए ।

‘बार्सिलोनाको टिममा पर्न त्यति सजिलो छैन् । उनी (फाती) खेलप्रति राम्ररी केन्द्रित छन्,’ प्रशिक्षक भाल्भेडोरले भने, ‘पहिलो ‘टच’मै गोल गर्न सहज छैन् । दोस्रो बलमा एसिस्ट गर्नु र तेस्रो पटकमा गोल ।’

क्लबहरुले सधै प्रत्येक सिजनको समाप्तीसँगै नयाँ खेलाडीको खोजि गर्छन् ताकि उनीहरुले त्यसपछि शुरु हुने सिजनमा राम्रो गर्न सकून । बार्सिलोनाका लागि फातीले आवद्ध हुने रुची देखाएका थिए । पछि उनलाई बार्सिलोनाको ‘बी’ टिममा राखिएको थियो । जहाँ उनले आफूलाई प्रमाणित गर्दै बार्सिलोनासम्म आइपुगेको प्रशिक्षकको भनाइ छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  २ : ५३ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी