मुस्लिम बाहुल्यता रहेको पाकिस्तानमा चामत्कारिक शिव मन्दिर (फोटो फिचर) « Khabarhub

मुस्लिम बाहुल्यता रहेको पाकिस्तानमा चामत्कारिक शिव मन्दिर (फोटो फिचर)


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान कट्टर मुस्लिम धर्मावलम्वीको बाहुल्यता भएको देश हो । पाकिस्तानमा ९८ प्रतिशत मानिस इस्लाम धर्म मान्दछन् ।

पाकिस्तान इन्डोनेसियापछिको मुसलमान जनसंख्यामा बाहुल्य भएको दोश्रो देश हो । पाकिस्तानमा हिन्दु धर्मालम्बीको संख्या अत्यन्त कम छ । हिन्दु धर्मावलम्वीको संख्या न्यून भए पनि धार्मिक आस्था राख्ने हिन्दुहरु पनि छन् । जहाँ भगवान शिबको चामत्कारिक मन्दिर छ ।


पाकिस्तानको चकवाल गाउबाट ४० किलोमिटरको दुरीमा रहेको कटस गाउको पहाडमा अवस्थित उक्त शिब मन्दिर लगभग ९ सय बर्ष पुरोना रहेको मानिन्छ । कटसराज नामक उक्त मन्दिर पाकिस्तानमा रहेका हिन्दुधर्मालम्बिहरुको आस्थाको प्रमुख स्थल मानिन्छ । हाल कटसराज मन्दिर भएको स्थलमा सत्ययुगमा भगवान शिब सतीदेविको मृत्यु भएपछि वैराग भएर रुँदै पुगेको विश्वास गरिन्छ ।

पिता दक्षप्रजापतिको यज्ञ कुण्डमा आत्मदाह गरेकी सतीदेविको वियोग सहन गर्न नसकि भगवान शिव रुदै चौध भुवनको यात्रा गरेको पौराणिक पुस्तकमा उल्लेख छ । सोही बेला पाकिस्तानको कटस गाउमा पुगि सतीदेविको स्मरणमा शिब रोएका थिए । भगवान शिवको दुई आखाबाट आशु खसेको कारण पाकिस्तानको कटस गाउँमा एक पोखरी बनेको र त्यसैको नाम कटाक्ष कुण्ड बनेको थिए ।

जबकी भगवान शिव को अर्काे आखाबाट खसेको आँसु भारतको राजस्थान स्थित पुष्कर तीर्थमा खसि अर्काे कुण्ड बनेको थियो । मान्यता अनुसार उक्त कुण्डमा रहेको पानीमा चामत्कारिक शक्ति रहेको छ । उक्त कुण्डमा रहेको पानी निलो र हरीयो रंगको रहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ३ : २४ बजे

काठमाडौँमा नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता, मन्त्री पोखरेलले भने, ‘यमबुद्ध पार्क सोचेजस्तै बनेछ’

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं महानगरपालिकामा हुँदा आफूहरूले

बागमती मन्त्रिपरिषद् बैठक : मानव उद्धार पुनः स्थापन कार्यविधि स्वीकृत

मकवानपुर– बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगी अपेक्षित मानव उद्धार

रास्वपा महाधिवेशन : यी हुन् पदाधिकारीका आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा

फोहोर व्यवस्थापनमा काठमाडौं महानगरले ‘पोलुटर्स पे प्रिन्सिपल’ लागू गर्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनलाई दिगो, व्यवस्थित र आधुनिक बनाउन

आँखुखोला जलविद्युत कम्पनीको १७औँ र १८औँ संयुक्त वार्षिक साधरणसभा सम्पन्न

काठमाडौं– आँखुखोला जलविद्युत कम्पनीले आफ्नो १७औँ र १८औँ संयुक्त वार्षिक