शिवसेनाका अध्यक्षसहित पक्राउ परेका सबैलाई निशर्त रिहा गर्न राप्रपा संयुक्तको माग « Khabarhub

शिवसेनाका अध्यक्षसहित पक्राउ परेका सबैलाई निशर्त रिहा गर्न राप्रपा संयुक्तको माग


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले शिवसेना नेपालका अध्यक्षलगायतलाई प्रहरीले पक्राउ गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भर्त्सना गरेको छ ।

इन्द्रजात्राको अवसरमा राष्ट्रपतिलगायतका विशिष्ट पदाधिकारीविरुद्ध प्रर्दशन गर्न लागेका शिवसेनाका अध्यक्ष अनिल बस्नेतसहितका प्रदर्शनकारीलाई प्रहरीले गत शुक्रबार नियन्त्रणमा लिएको थियो ।

राप्रपा संयुक्तले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै प्रहरी हिरासतमा लिइएका अध्यक्षसहितका व्यक्तिहरुलाई चरम यातना दिइएको उल्लेख गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रवक्ता रविन चाम्लिङद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत प्रदर्शनमा पक्राउ परेकाहरु सबै जनालाई तत्काल निशर्त रिहा गर्न पनि माग गरिएको छ ।

संविधानद्वारा प्रदत्त नागरिकका मौलिक हक तथा अधिकार प्रयोग एवं उपयोग गर्न निर्वाध, अकुण्ठित वातावरण कायम गर्न, अधिनायकवादी सोच, व्यवहार र प्रवृत्तिको अन्त्य गर्न राप्रपा संयुक्तले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ४ : ३३ बजे

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौँ– पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत