विविध कार्यक्रम गरी बाल दिवस मनाइयो « Khabarhub

विविध कार्यक्रम गरी बाल दिवस मनाइयो


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– ५५ औं बाल दिवस मुलुकभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । “सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार” भन्ने मुल नाराका साथ बाल दिवस मनाइएको हो ।

यसैबीच सियारी गाउँपालिका ७ रुपन्देहीको हिरागञ्जमा रहेको लुम्बिनी बाल क्लबले पनि विभिन्न कार्यक्रम गरी बाल दिवस मनायो । क्लबले दिवसको अवसरमा आइतबार बिहान बालबालिकाको अधिकार सम्बन्धी विभिन्न नारा अंकित प्लेकार्डका साथ सियारी गाउँपालिकाका विभिन्न स्थानमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको थियो ।

क्लबले साप्ताहिक रुपमा हुने नियमित कार्यक्रमको पुरस्कार पनि एकमुष्ट रुपमा आइतबार साँझैं एक कार्यक्रम गरी वितरण गरेको क्लबका अध्यक्ष आकाश थापाले जानकारी दिए ।

उक्त कार्यक्रममा क्लबका अध्यक्ष आकाश थापा, उपाध्यक्ष मेघा भट्टराई, सचिव रिया पुन, कोषाध्यक्ष समिक्षा भण्डारी, सहसचिव विवेक पराजुली, सल्लाहकारहरु गणेश थापा, मेख बहादुर क्षेत्री, करुणा घर्ती मगर, प्रतिभा थापा, अरुण कुमाल, विशाल खाम्चा, अभिभावक यम बहादुर मगर, तारा शर्मा, मीना पाण्डे, श्याम पुन, रिमा थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ७ : ५१ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा