सन्दीप मेल्वर्न स्टार्समा आवद्ध, दोस्रो पटक ‘बीग बास लिग’ खेल्ने « Khabarhub

सन्दीप मेल्वर्न स्टार्समा आवद्ध, दोस्रो पटक ‘बीग बास लिग’ खेल्ने


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले पुनः मेलवर्न स्टार्सबाट अष्ट्रेलियाको चर्चित फ्रेन्चाइज बिग बास लिग (बीबीएल) क्रिकेट खेल्ने भएका छन् ।

गत सिजन उत्कृष्ट प्रदर्शन गरेपछि मेलवर्नले सन्दीपलाई आगामी सिजनको लागि पुनः अनुबन्ध गरेको हो । सन्दीप र क्लबबीच सम्झौता भएको उनका नेपाली म्यानेजर रमन सिवाकोटीले पुष्टि गरे । गत सिजनमा मेलवर्नले उनलाई ६० हजार डलरमा आबद्ध गरेको थियो । यो सिजन त्यो भन्दा बढी रकममा सम्झैता भएको बताइए पनि रकम खुलाइएको छैन ।

गत सिजन बीबीएलमा मेलवर्नबाट डेब्यु गरेका सन्दीपले डेब्यु सिजन ८ खेलमा ११ विकेट हात पारेका थिए । गत सिजन मेलवर्न फाइनलमा मेलवर्न रेनेगेड्ससँग पराजित भएको थियो ।

अघिल्लो सिजन सन्दीपको प्रदर्शन

पहिलो खेल – ४ ओभर : (३४/२), दोश्रो खेल – ४ ओभर : (२४/३), तेश्रो खेल – ४ ओभर : (१८/२), चौथो खेल – ४ ओभर : (३१/१), तेह्रौ खेल – २ ओभर : (२८/०), चौधौ खेल – ३.४ ओभर : (११/३), सेमिफाइनल – ४ ओभर : (३१/०)

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १० : १४ बजे

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने