छुट्टाछुट्टै घटनामा तीन पक्राउ « Khabarhub

छुट्टाछुट्टै घटनामा तीन पक्राउ


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- प्रहरीले लागुऔषधसहित एक जनालाई सोमबार पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–३ मा डेरा गरी बस्ने भारतको लखिमपुरका १९ वर्षीय आशिष बालमिकीलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर शाखा र त्रिनगर प्रहरी चौकीबाट खटिएको टोलीले बालमिकीको कोठाबाट २८ सिसी क्लोरोमाइन निलिट, २२ पत्ता स्पास्मो र १८३ ट्याब्लेट बरामद गरेको थियो ।

त्यसैगरी प्रहरीले मोटरसाइकल चोरीमा संग्लन एक जनालाई पक्राउ गरेको छ । बाजुरा बह्रमतोला गाउँपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–४ बसपार्क बस्ने २३ वर्षीय रोशन अधिकारीको से६प ५९१९ नम्बरको यामाहा मोटरसाइकलसहित कैलारी गाउँपालिका–७ का २५ वर्षीय प्रकाश बोहरालाई पक्राउ गरिएको प्रनाउ बस्नेतले बताए ।

उनलाई कैलारी गाउँपालिकामा मोटरसाइकल चलाइरहेको अवस्थामा पक्राउ गरिएको थियो । त्यस्तै धनगढी–४ स्थित कैलपाल स्टोरको गोदाममा प्रहरीले सोमबार छापा मार्दा ३९ हजार ७२५ बराबरका विभिन्न खाद्य सामग्री बरामद गरेको छ ।

भन्सार छलेर भित्र्याइएका मसुरको दाल१७५ किलोग्राम, नरिवल २५ किलोग्राम, राज्मा दाल ५० किलोग्राम, चिनी २५ किलोग्राम, सुर्ती ३० पोकालगायत खाद्य सामग्री बरामद गरिएको प्रनाउ बस्नेतले जानकारी दिए ।

यो गोदाम हेर्ने जिम्मेवारी पाएका महेश भट्टलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि कैलाली भन्सार कार्यालय पठाइएको जनाइएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ८ : ११ बजे

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

भद्रपुर– भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर