नेपाल र चीनबीच शिक्षा र रोजगारीमा सहकार्य | Khabarhub Khabarhub

नेपाल र चीनबीच शिक्षा र रोजगारीमा सहकार्य


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्र्र्किएका छन् । नेपाल भ्रमणका क्रममा राष्ट्रपति चिनफिङ नेपाललाई भूपरिवेष्टित राष्ट्रबाट भूजडित राष्ट्र बन्ने चीन सरकारले सहयोग गर्ने उदघोष पनि गरिसकेका छन् ।

झण्डै २३ वर्षपछि भएको चिनियाँ शीर्ष नेतृत्वको भ्रमणले नेपालमा शिक्षा तथा रोजगारीमा पनि सहकार्यको बाटो खुलेको श्रम विज्ञहरुले बताएका छन् ।

चिनियाँ राष्ट्रपति सीले भ्रमणका क्रममा उर्जा जल, रेल, सडक, कृषि, बन जडिबुटिलगायत अन्य क्षेत्रमा विकासका लागि दुई देशबीच सम्झौता भएको छ । यसरी साझेदारी हुदाँ शिक्षासँगै रोजगारीका लागि अवसर सिर्जना हुने देखिन्छ । दुईका कार्यकारी प्रमुखबीच २० वटा बुँदामा समझदारी भएका छन् ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले चीन र नेपालबीच श्रमसँग रोजगारी क्षेत्रमा सहकार्य हुने देखिएको छ । राष्ट्रपति सीको नेपाल भ्रमणले श्रम, रोजगारी शिक्षा जस्ता क्षेत्रमा सहकार्य हुने विषयलाई महत्वका साथ हेरिएको छ ।

अहिले पनि नेपाली युवा रोजगारीका लागि चीन जाने गरेका छन् । भने चिनियाँ युवा पनि नेपाल काम गर्ने आउने क्रम वार्षिक रुपमा बढ्दो छ । चिनियाँ राष्ट्रपति चिनफिङ दुई दिने नेपाल भ्रमणले पनि शिक्षा, श्रम र रोजगारीका क्षेत्रमा कस्तो प्रभाव पर्छ भनेर हेर्र्न थलिएको छ ।

राष्ट्रपति चिनफिङको नेपाल भ्रमणले नेपाल र चीन सरकारबीच सुमधुर सम्बन्ध त कायम गरेको छ । विगत केही वर्षयता नेपाली विद्यार्र्थी अध्ययनका लागि चीन जाने क्रम बढ्दो छ । रोजगारीका लागि वार्षिक २ हजार युवा श्रम स्वीकृति लिएर चीन जाने गरेको सरकारी तंथ्याकमा छ । नेपालको सीमा क्षेत्रबाट धेरै नेपाली रोजगारीका लागि चीन जाने गरेका छन् । उनीहरुको तंथ्याक सरकारसँग छैन ।

विकसित र शक्ति सम्पन्न देशसँग भएका ठुला सम्झौताले अर्धविकसित देशमा धेरै महत्व राख्ने गरेको युवा तथा श्रमविज्ञ डा.गणेश गुरुङ बताउँछन् । ‘नेपाल र चीनको सम्बन्ध भारतसँग जस्तै प्रगाढ छ ।

‘नेपाली युवाहरु भारतभन्दा पहिला रोजगारीका लागि चीन पुगेका थिए । पहिलो पटक मुत्र्ति बनाउने एक टोली लिएर अरनिको चीनको तिब्बत पुगेका थिए ।

त्यस बेलादेखि नेपाल र चीनको श्रम सम्बन्ध विकास हुँदै गएको पाइन्छ । भारतसँग जस्तै चीनसँग पनि नेपालको रोटीबेटीको सम्बन्ध छ,’ गुरुङले भने, ‘चिनियाँ राष्ट्रपति चिनफिङ नेपाल भ्रमणले शिक्षा र रोजगारीसँग श्रम सम्बन्धमा ठुलो अर्थ राख्छ । यो भ्रमणले यी क्षेत्रमा विगतमा भन्दा धेरै ठुलो महत्व हुन्छ । दुई देशबिच शिक्षा र रोजगारीका लागि एक किसिमको अवसर निर्माण हुने देखिन्छ ।’

नेपाल सरकारको सम्बन्धित निकायले चीनसँग भएका सम्झौताबाट शिक्षा र रोजगारीसँग श्रम सम्बन्ध विकासका लागि एक स्तरबाट पहल गर्नुपर्ने उनको भनाइ छ ।

चीन नेपाली विद्यार्थीका लागि अध्ययन गर्ने देशभित्र पर्छ र विकसित देश भएका कारण नेपाली युवाको रोजगार गन्तव्य देश पनि हुन्सक्ने डा.गुरुङले बताए ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा विकास साझेदारीका लागि पहल गरिएको छ । यसलाई सरकारले निरन्तरता दिनुपर्ने श्रमविज्ञहरुको भनाइ छ । शिक्षा र रोजगारी विकास साझेदारी र कुटनीतिक विषयमा एउटा महत्वपुर्ण पाटो भएको उनीहरु बताउँछन् ।

नेपाली युवा चित्र, ऐतिहासिक मूर्ति बनाउन चीन जाने गरेका छन् । पछिल्लो समयमा चिनियाँ नागरिक नेपालमा निमाधिन ठुला योजनामा रोजगारीका लागि आइरहेका छन् । होटल, इन्जिनियर, डाक्टर, चिनियाँ भाषा पढाउने शिक्षक, जडिबुडि बेच्न र अन्य क्षेत्रमा काम गर्ने चिनियाँ युवा नेपाल श्रम स्वीकृति लिएर आउने गरेका सरकारी तंथ्याक छ ।

नेपाली विद्यार्थी अन्तर्राष्ट्रिय सम्बन्ध (आइआर), एमबीबीएस, इन्जिनियारिङ, पाइलट र अन्य विषय अध्यननका लागि चीन जाने गरेका छन् ।

राष्ट्रपति चिनफिङको भ्रमणका क्रममा ५६ अर्ब सहयोग गर्ने घोषण गरेका छन् । भने, नेपाल भ्रमण वर्ष सन् २०२० सफल बनाउन चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

गत वर्ष काठमाडौंमा भएको कोलेम्बो प्रोसेसमा चीन आफु पनि विदेशी कामदार भित्राउन धारण व्यक्त गरेको थियो ।

चीन विषेश त कृषि, माछा पालन, मासु काट्ने र टुरिस्ट गाइडका रुपमा नेपालीले काम गर्ने गरेका छन् ।

नेपालबाट कृषि, टुरिस्ट गाइड र होटलसँग मनोरन्जन क्षेत्रमा नेपाली हाल पनि रोजगारीका लागि जाने गरेको सरकारी तंथ्याकमा छ । पछिल्लो समय नेपाली महिला कामदार चीन सिलाबुनाइमा जाने गरेको विभागको तंथ्याकमा उल्लेख छ।

चिनियाँ नागरिक आफैं अन्तर्राष्ट्रिय श्रम बजार खोज्दै हिँडिरहेका छन् । चीनमा हाल पनि ९ प्रतिशत नागरिक बेरोजारी छन् । चिनमा यति धेरै नागरिक बेरोजगार भएपनि हाल चीनले फिलिपिन्स, म्यानमार, इथोपिया, अजरवैजन, साउथ भारत र नेपालबाट समिति कामदार लिइरहेका छ ।

नेपाली के काम गर्न चीन जान्छन् ?

नेपाली युवाहरु चिनियाँ होटलमा काम गर्न जाने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार पर्यटकीय क्षेत्रमा टुरिष्ट गाईड, उद्योग कलकारखानामा कामदार, तथा अंग्रेजी भाषा शिक्षणका लागि पनि नेपाली चीन पुग्ने गरेका छन् ।

चीनमा काम गर्न जाने नेपालीले पछिल्लो समय व्यक्तिगत तवरबाट श्रम स्वीकृत लिएर चीन जाने गरेको विभागले जनाएको छ ।

केहि वर्षयता नेपाली युवा कलाकारहरु पनि चीन जाने गरेका छन् । उनीहरुले ऐतिहासिक र पुरातात्विक महत्वका चित्र बनाउने काम गर्न जाने गरेका छन् ।

त्यस्तै होटलले सञ्चालन गर्ने रोधीघरहरुमा काम गर्ने नेपालीको संख्या पनि पछिल्लो समय बढ्दो छ । चिनियाँहरु पनि निर्माणका क्षेत्रमा काम गर्न नेपाल आउने गरेका छन् ।

शैक्षिक सहकार्य

पछिल्लो समय नेपालमा चिनियाँ लगानीकर्ता आकर्षित हुँदै गएपछि चीनले नेपालीलाई चिनियाँ भाषा अध्यापन गराउन थालेको छ ।

गत भदौमा चीनका विदेशमन्त्री वाङ यी नेपाल भ्रमणका क्रममा चिनियाँ भाषा पढाउन शिक्षक नेपालमा पढाइने सम्झौता नै भएको छ । विदेश मन्त्री वाङको भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत नेपालसँग रेल, सडक, उर्जा गरी ९ वटा परियोजनामा सम्झौता गरिएको थियो ।

जसमा चिनियाँ भाषा पढाउन ३२ हजार शिक्षक नेपालमा खटाइने बताइएको थियो । यस्ता सम्झौताले पनि नेपाल र चीनबीच रोजगारीसँग शिक्षा क्षेत्रमा ठुलो महत्व राख्ने छ ।

त्यस्तै नेपाली विद्यार्थी उच्चशिक्षा आर्जनका लागि चीन जानेको संख्या पनि बढ्दो रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  १२ : १४ बजे

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको